सुचनाको हक

स्वत: प्रकाशन गर्न सिरहाका सिडियोको निर्देशन

फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वत: प्रकाशन गर्न सिरहाका सिडियोले निर्देशन जारी गरेका छन । सिरहा जिल्ला स्थित कार्यालयहरुको सूचना अधिकारीहरुको तेस्रो त्रैमासिक बैठकवाट निर्णय गराइ सिरहाका सिडियो भोजराज खतिवडाले त्यस्तो निर्देशन जारी गरेका हुन् । २०६४ सालमा बनेको सूचनाको हक सम्बन्धी ऐन यतिबेला सिरहामा कार्यान्वयन हुन लागेको र ती कानूनको कार्यान्वयनमा सूचना हकका लागी अभियानमा लागेका अभियानकर्ताहरुको कारण सम्भव भएकोले मांग बमोजिमको सूचना उपलब्ध गराउन सिरहाका सहायक सिडियोले बैठकमा सहभागी सूचना अधिकारीहरुलाइ निर्देशन जारी गर्नुभएको छ ।… पुरा पढौ

सूचना आयोगको आदेश मान्दैनन मुख्य सचिब

आदेश १ सिंहदरबारभित्र रहेका मन्त्रालय, विभाग र विभिन्न निकायमा सूचनाको हक अनुसारको कामले जाँदा पनि सहजै छिर्न पाइँदैन, प्रवेशद्वारमा ‘पास’ कुर्दै बस्नुपर्ने झन्झट छ । यस्तो अवरोधबारे प्रश्न उठाउँदै ‘सिंहदरबार खोल अभियान’ ले २३ वैशाख २०७३ मा संसद सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सूचना माग गर्‍यो । तर, सूचना नपाएपछि अभियानका अभियन्ताहरू पुनरावेदनका लागि राष्ट्रिय सूचना आयोग पुगे । आयोगले ३१ वैशाख २०७३ मा मुख्य सचिव र संघीय संसद सचिवालयका महासचिवलाई आदेश दियो– ‘नागरिकलाई सिंहदरबारभित्रका कार्यालयमा सूचना मागको निवेदन दर्ता गर्न, सूचना… पुरा पढौ

कर्णालीमा सूचना प्रविधिको पहुँच

कर्णाली प्रदेशका कतिपय जिल्ला सडक सञ्जालमा नजोडिँदै इन्टनेट सञ्जालसँग जोडिन पुगेको कुरा सत्य हो । कर्णालीमा इन्टरनेटको सुविधा पुगेपछि हिँडेर भेटन हप्ताँै लाग्ने आफन्तसँंग छिनभरमै भिडियो कलमा दोहोरो कुरा गरी खबर आदानप्रदान गर्न सम्भव भएको छ । जहाज चढेर आउने चिठीपत्र मोबाइल र कम्प्युटरमा आउन थालेका छन् भने इमेलमार्फत पनि चिठीपत्रको आदानप्रदान हुने गरेको छ । भौतिक सुख सुविधा उपभोग गर्न कर्णालीवासी कतिले पाएका छन् त्यो त भोग्नेलाई थाहा होला तर सूचना प्रविधिको विकास र विस्तारले गर्दा कर्णालीवासी सञ्चार र… पुरा पढौ

तिस हजार घुस खाएका नायब सुब्बा प्रमोद पाण्डे लाइ कैद र जरिवाना होला ?

वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी… पुरा पढौ