देवघाटका जनप्रतिनिधिले खान्छन् तेहरो सुविधा
जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, मड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो गरी जनताले तिरेको कर राजस्वबाट जनप्रतिनिधिलाई पाल्नु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरिएका छन् । अघिल्लो अंकमा गण्डकी प्रदेशको कावासोती नगरपालिकाका जनप्रतिनिधिले मात्र वार्षिक सुविधा भत्ता वापत दुई करोड रुपैयाँ खर्च गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेका थियौ यस पटक देवघाट गाउँपालिकाको एक रिपोर्ट तनहुँको पश्चिम दक्षिण दिशामा रहेको छ देवघाट गाउँ…
पुरा पढौ
सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुखलाई आयोगद्वारा कारबाही
सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुखलाई जरिवाना भएको छ सिरहा जिल्ला, सिरहा न. पा.–७ निवासी परशुराम साहबाट सिरहा नगरपालिकाको कार्यालय, सिरहासमक्ष सूचना माग गरेकोमा सूचना उपलब्ध नगराएकोले उपलब्ध गराई पाउँ भनी सूचना आयोग समक्ष मिति २०७९।०२।२३ मा पुनरावेदन परेको थियो । प्रस्तुत पुनरावेदनको सम्बन्धमा यस आयोगबाट सिरहा नगरपालिकाको कार्यालय, सिरहाका नाममा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२) बमोजिम ७ (सात) दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी मिति २०७९।०२।२३ मा आदेश भएको थियो । आयोगको आदेशपश्चात्…
पुरा पढौ
निलम्बन गरेको दुई वर्षपछि सूचना आयोगले निलम्बन फुकुवा गर्न त्रिविलाई दियो आदेश
राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविधालयको परीक्षा प्रकरणमा अनियमितता हुँदै गरेको सूचना दिनुलाई मर्यादा विपरीत भन्न नमिल्ने बताएको छ। २०७७ माघ १० गते त्रिवि धनकुटा बहुमुखी क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको समयमा उत्तरपुस्तिका सट्टापट्टा भएको देखेपछि मुख्य कार्यालय सहायक सरिता भण्डारीले सोको तस्बिर खिचेर बाहिर ल्याएको विषयमा आयोगले यस्तो फैसला सुनाएको हो । क्याम्पसमा कार्यरत मुख्य कार्यालय सहायक भण्डारीलाई त्रिवि कार्यकारी परिषद्ले उक्त विषयलाई लिएर २०७७ चैत्र ४ गते निलम्बन गरेको थियो । परीक्षाको गोपनीयता भङ्ग गरेको आरोपमा निलम्बनमा परेकी भण्डारीको निलम्बन…
पुरा पढौ