सूचनाको हक र अपबादका प्रश्नहरु
विश्वमा सूचनाको माग सर्वत्र छ। मानिसलाई केहीबेर खान नपाए वास्ता हुँदैन, तर सूचनाको आपूर्ति निर्वाध रूपले हुनैपर्छ। सूचनाको हकबारे विश्वव्यापी इतिहासलाई खोतल्दा सन् १७६६ मा पहिलोपटक स्वीडेनमा यससम्बन्धी कानून जारी भएको हो। यर्थाथमा सो बखत जारी भएको प्रेस स्वतन्त्रतासम्बन्धी कानून नै सूचनाको हकको औजार बन्न पुग्यो। त्यसको करिब १५० वर्षपछि अर्थात् सन् १९५१ मा फिनल्याण्डमा सूचनाको हकसम्बन्धी दोस्रो कानून जारी भएको हो। साथै, यस क्षेत्रमा तेस्रो कानून जारी गर्ने श्रेय संयुक्त राज्य अमेरिकालाई जान्छ। सो मुलुकले सन् १९६६ मा यो…
पुरा पढौ
सूचनाको हक र सार्वजनिक दायित्व
नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकार कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता नेपाली नागरिकमा निहित रहेको तथ्य उजागर गरेको छ । यसर्थ मुलुकमा मालिक रुपि नागरिकको नासो स्वरुप् कुनै पनि सार्वजनिक निकायमा रहेका सूचनामा नागरिकको सहज पहुँच रहेने संवैधानिक व्यवस्था छ । सूचनाको हक सम्वन्धि ऐन, २०६४ ले सार्वजनिक निकायमा रहेको सूचनामा आम नागरिकको पहुँचलाई सुनिश्चित गरेको छ । सार्वजनिक निकायको बृहत्तर परिभाषाले कुनै पनि सार्वजनिक…
पुरा पढौ
सूचनाको हक कार्यान्वयनका चुनौती
सूचनाको हक नागरिकको आधारभूत अधिकार हो। साथै, लोकतान्त्रिक मुलुकको आधारभूत सर्त पनि। पाँच वर्षअघि पारित सूचनाको हकसम्बन्धी ऐनलेे सूचना कुनै सरकारी निकाय वा अधिकारीको व्यक्तिगत दस्तावेज नभएर सार्वज्ानिक चासोको विषय हो भन्ने तथ्य स्थापित गरिदिएको छ। कुनै पनि देशको लोकतन्त्र नागरिकप्रति कति पारदर्शी र जवाफदेही छ भन्ने कुरा त्यस देशका नागरिकले उपभोग गर्ने सूचनाको हकले प्रतिविम्बित गर्छ। त्यसैले सूचना प्रवाहलाई पारदर्शी बनाउन यो कानुनी हकलाई व्यवहारमा स्थापित गर्नु सबैको दायित्व बनेको छ।यो दायित्वलाई व्यवहारमा स्थापित गर्न भने त्यति सजिलो छैन।…
पुरा पढौ
पारदर्शिता अभिवृद्धिमा सूचना अधिकारीको भूमिका र सबलीकरण
सार्वजनिक निकायले हरेक नागरिकको सूचनाको हकको संरक्षण र सम्मान गर्नुपर्छ । यसमा सूचना अधिकारीको पनि अहम् भूमिका रहन्छ । आमनागरिकले आफ्नो सरोकारका विषयहरू, सरकारको काम–कारबाही तथा निर्णयहरू र सार्वजनिक प्रशासनको कार्यसम्पादनका सम्बन्धमा जानकारी राख्न र प्राप्त गर्न पाउनु लोकतान्त्रिक शासन व्यवस्थाको मूलभूत चरित्र हो । जनताले आफ्नो अधिकार प्रयोग गरी आफूमाथि शासन गर्न वैधता प्रदान गरेका जनप्रतिनिधि तथा सरकार, राज्यकोषबाट तलबभत्ता उपभोग गर्ने सरकारका नोकरशाहीको काम, तिनले आमजनताका लागि गर्ने निर्णय तथा गतिविधिहरू, आर्थिक एवं वित्तीय क्रियाकलापलगायतका विषयको जानकारी सरल,…
पुरा पढौ
सूचनाको हक र पारदर्शिताबीचको सम्बन्ध
जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालले सूचना हक र पारदर्शिताको अन्तरसम्बन्धबारे प्रश्नको समाधान पहिल्याउनुभएको छ । सूचनाको हक र पारदर्शिताको अन्तरसम्बन्ध…
पुरा पढौ
सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्ध
सूचनाको हक र पारदर्शिता एक अर्काका परिपूरक र अन्तरसम्बन्धित विषय हुन् । यी दुई बीचको अन्तरसम्बन्धलाई देहायानुसार प्रस्तुत गर्न सकिन्छ - १) सूचनाको हकले: - सार्वजनिक अधिकारीलाई सूचनाको नियमित सार्वजनिकरण गर्न र नागरिकले नियमपूर्वक मागेको सूचना दिन बाध्य बनाएर , - नागरिकको सूचना माथिको पहुँच सुनिश्चित गरेर , - सूचनाको सहज प्रवाहका लागि प्रवत्ता तथा सूचना अधिकारीको व्यवस्था गरेर , - सूचनादाता ( whistle blower ) को संरक्षण गरेर , सरकारी निकायहरूमा पारदर्शिता सूनिश्चित गर्छ । २) पारदर्शिताले : -…
पुरा पढौ
पारदर्शिता र सूचनाको हक
पारदर्शिता (Transparency)— Transparent Latin word Transparere बाट आएको हो जहाँ trans को अर्थ ‘pass throug’ र ‘parere को अर्थ ‘appear’ हुन्छ । यस प्रकार शाब्दिक रूपमा भन्दा सबै कुराहरू स्पष्टसँग देखिने अवस्थालाई transparency भनिन्छ । कुनै वस्तुको एक छेउबाट अर्को छेउसम्मका सबै कुराहरू स्पष्ट देखिने अवस्था पारदर्शिता हो । यसलाई विभिन्न व्यक्ति र संस्थाहरूले विभिन्न किसिमले परिभाषित गरेका छन् ।Transparency International ले पारदर्शितालाई यसरी परिभाषा दिएको छ :‘पारदर्शिता भनेको सरकार, कम्पनी, सङ्गठन तथा व्यक्तिले सम्बन्धित सूचना, मूल्य, योजना, विधि तथा…
पुरा पढौ
सूचनाको हक र पारदर्शिता
विषय प्रवेश प्रत्येक व्यक्तिसँग विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । बिना कुनै हस्तक्षेप मत वा विचार मान्ने, राख्ने वा ग्रहण गर्ने र कुनै सीमाको बन्देजबिना कुनै पनि माध्यमद्वारा सूचना र विचार खोज्न पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ । माथि उल्लेखित यी वाक्यले प्रष्ट बनाएको छ, कि यस संसारमा रहेका हरेक व्यक्तीलाई सूचना सम्प्रेसन गर्न र ग्रहण गर्न कुनै बन्देज हुने छैन । यो परिभाषाले यति ठुलो रूप लिएको छ कि यस राष्ट्रमण्डल अन्तर्गत रहेका हरेक राज्य…
पुरा पढौ