सुचनाको हक

सूचनाकोहक कि सूचना अधिकारी उत्कृस्ट अभियन्ता मा दर्ज

www.suchanakohak.com कि सूचना अधिकारी दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भइ उत्कृस्ट अभियन्ता को लिस्ट मा दर्ज हुनुभएको छ । वि.स. 2056 साल जेष्ठ महिनाको 20 गते वशन्तमय समयमा जलजला गाउँ पालिका वाड नम्बर 7 पर्वतमा बाबा जीवन्धर पाध्या र आमा सीता कुमारी आचार्यको परिवारमा एक दाइ र एक दिदी पछि कान्छो सन्तानको रुपमा जन्म भएको उहाँ साच्चै नै राष्ट्रको वसन्त बन्न सफल हुनु भएको छ । उहाँको विद्यालय शिक्षा गाउँकै सरकारी विद्यालय मा भएको र त्यसपछि उच्च… पुरा पढौ

सुचनाको हकका लागि राष्ट्रिय महासंघको उपत्यका प्रदेश समिति गठन

सुचनाको हकका लागि राष्ट्रिय महासंघका ७ वटै प्रदेशमा प्रदेश समितिले पुर्णता पाई रहँदा बागमति प्रदेशसँग उपत्यका जोडिन सकेको थिएन । सँघिय राजधानी रहेको उपत्यका  नजोडिदा महासँघले पुर्णता पाउन नसकेको महसुस गरी  महासँघ केन्द्रीय समितिले उपत्यकालाई छुट्टै प्रदेश बनाउने निर्णय अनुसार  सुचनाको हकका लागि राष्ट्रिय महासँघका अध्यक्ष उमीद बागचन्द र र केन्द्रीय उपाध्यक्ष दीपक आचार्यको उपस्थितिमा महासँघको उपत्यका प्रदेश समिति गठन भएको हो । पहिलो चरणमा चैत्र २८ गते पहिलो पटक बसेको भेलाबाट बैशाख ४ गते अर्को भेला गरि सुचनाको हकका… पुरा पढौ

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले… पुरा पढौ

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्रिर्याको उद्घाटन गर्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताए । “आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ”, सभामुख सापकोटाले भने । निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उनले राष्ट्र… पुरा पढौ

२०७८ चैत्र २१ गतेको सूचना आयोगको आदेश

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको… पुरा पढौ

सूचना नदिने धरान उपमहानगरपालिका का कार्यकारी लक्ष्मी प्रसाद पौडेललाई १० हजार जरिवाना सहित विभागीय कारबाही को निर्णय भएको छ

धरान उपमहानगरपालिका कार्यकारी लक्ष्मी प्रसाद पौडेल एमालेले जितेको धरान उपमहानगरपालिका मा हाल मेयर नेपालि कांग्रेश का तिलक राइ हुनुहुन्छ भने उपमेयर एमालेबाट निर्बाचित मन्जु भण्डारी हुनुहुन्छ l यो बिषयमा मेयर तिलक राइलाइ सोध्दा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो भने कार्यकारी लक्ष्मीप्रसाद पौडेल संग सम्पर्क गर्दा आफुलाई थाहा नभएको के रहेछ कार्यालय पुगेपछि थाहा हुने बताउदै नियम अनुसार जरिवाना तिर्न पर्ने भए कारबाही भोग्न पर्ने भए गरौला तर आफु आएको बल्ल केहि महिना मात्र भएको कारण आफुलाई बिस्तृत थाहा नभएको बताउनुभयो… पुरा पढौ

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ