सुचनाको हक

सूचना नदिनेमा स्थानीय तह अगाडी

संखुवासभाको चिचिला गाउँपालिकाको कार्यपालिकाले २४ मंसिर २०७८ मा अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने टोलीको खर्च व्यहोर्ने निर्णय गर्‍यो । यो निर्णय सार्वजनिक नगरी गाउँपालिका अध्यक्षसहित ९ जनाको टोलीका लागि ७६ लाख ९६ हजार ५० रुपैयाँ खर्च गर्ने तयारी भयो । यसबारे सञ्चारमाध्यममा खबर आएपछि भएको आलोचनाका कारण गाउँपालिकाले भ्रमण रद्ध गर्नुपर्‍यो । स्थानीय तहहरुमा निर्णय प्रक्रियालाई पारदर्शी बनाउने पक्ष कमजोर छ । वैशाख २०७६ मा हेटौंडाको हुप्रचौरको सार्वजनिक जग्गामा प्यारापिट बनाउने हेटौंडा उपमहानगरपालिकाको निर्णय… पुरा पढौ

रुकुम मा सूचनाको हक सम्बन्धि कार्यक्रम सम्पन्न

रुकुम (पूर्व) र (पश्चिम) मा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार राष्ट्रिय सूचना आयोग काठमाडौँको आयोजनामा रुकुमकोटमा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी र विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भएको हो ।  सूचनाको हक सम्बन्धिका कुराहरू सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले रुकुम (पूर्व) मा कार्यक्रमको आयोजना गरिएको आयोगले बताएको छ । कार्यक्रममा सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले सूचनाको हक के हो, यसका सिद्धान्तहरू, सार्वजनिक निकाय,… पुरा पढौ

सूचना आयोग को आदेश पालिकालाइ ७ दिनको समय प्रधानमन्त्री कार्यालयलाई ६० दिन , कुन कुन पालिकालाई के आदेश भयो ?

रास्ट्रिय सूचना आयोग ले विभिन्न स्थानीय पालिका र मन्त्रालयलाइ सूचना दिन र लिखित जवाफ पेश गर्न भनेको छ पालिका लाइ सात दिनको समय दिएको आयोग ले चाहि मन्त्रालय लाइ ६० दिनको समय दिएको छ पुरा पढौ

सूचना आयुक्त रत्नप्रसाद मैनाली सँग गरेको अन्तर्वार्ता

सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनाली संग सूचनाकोहक का प्रधान सम्पादक इन्दिरा बस्नेतले गरेको कुराकानी १) शूरुमा तपाइको परीचय वाट आजको कुराकानी शुरु गरौ । तपाइको वारेमा वताइदिनु न ।मेरो जन्म काभ्रेपलाञ्चोक जिल्लाको मेच्छे– ३, लुम्सालबेसीमा (तेमाल गाउँपालिका– ८) मा भएको हो । मध्यम पारिवारिक पृष्ठभूमिको कृषक परिवारमा मेरो जन्म भएको हो । गाउँमै रहेको विद्यालय श्री सेतीदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरी श्री मङ्गल जनविजय मा.वि., मङ्गलटारबाट २०४७ मा एसएलसी उत्तीर्ण गरेको हुँ ।उच्च शिक्षाका लागि त्यतिबेला काठमाडौंको विकल्प… पुरा पढौ

विभिन्न बैंक र पालिका हरुलाई नि:शुल्क सूचना उपलब्ध गराउन आदेश

रास्ट्रिय सूचना आयोगले सूचना नदिने पालिका हरुलाई नि:शुल्क सूचना उपलब्ध गराउन आदेश दिएको छ हेरौं आयोगको आदेश पुरा पढौ

सूचना अभियन्ता हरुको महासंघ बिधिबत रुपमा दर्ता

करिब ५ बर्ष देखि लुज फोरम को रुपमा संचालित सुचनाको हकका लागि रास्ट्रीय संजाल अब नाम परिबर्तन गरि सूचनाको हकका लागि रास्ट्रीय महासंघ मा दर्ता भएको छ । सातवटै प्रदेश र ७७ जिल्लामा संजाल रहेको अबस्थामा १२ वटा जिल्लामा जिल्ला संघ गठन गरि महासंघ गठन गरिएको हो । महासंघ मा धनगढ़िका बरिष्ठ पत्रकार उमिद प्रसाद बागचन्द अध्यक्ष हुनुहुन्छ भने सूचनाकोहक डट कम का संचालक दीपक आचार्य उपाध्यक्ष रहनुभएको छ । सचिब मा उदयपुरका अजय कुमार शाह र कोषाध्यक्ष मा पर्बत… पुरा पढौ

सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा

सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च… पुरा पढौ

सूचना माग्ने तरिका सूचनाको हकको आधारमा

(१) आरटीआई ऐन अन्तर्गत कुनै पनि जानकारी प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्ने कारण उल्लेख गरी सम्बन्धित सूचना अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (२) यदि कुनै आवेदन आरटीआई ऐनको उप-धारा बमोजिम प्राप्त भयो भने सूचना अधिकारीले तुरुन्त सूचना उपलब्ध गराउनु पर्नेछ यदि यसको प्रकृतिबाट जानकारी तुरून्त प्रदान गर्न सकिन्छ र सूचनाको आवेदनको मितिदेखि पन्ध्र दिन भित्रमा जानकारी दिनुपर्‍यो यसको प्रकृति द्वारा तुरून्त प्रदान गर्न सकिएन। (३) यदि सूचना अधिकार ऐनको उप-धारा बमोजिम जानकारी उपलब्ध गराउन सकेन भने… पुरा पढौ