सुचनाको हक

नागरिकका लागि शक्तिशाली अस्त्र, सूचनाको हक ।

सूचना :मानव मस्तिष्कले कुनै पनि कुरा पहिलो पटक थाहा पाएपछि त्यसको कुनै न कुनै रुपमा तत्काल प्रतिक्रिया दिन्छ, त्यस्ता विषयलाई नै सूचना भनिन्छ । हरेकको जीवनमा सूचनाको प्रभाव अत्यन्तै ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । त्यसैकारणले सूचनालाई ज्ञान, शक्ति र सम्पत्तिको श्रोत पनि भन्ने गरिन्छ । सूचनाको सम्बन्ध मानवीय जिज्ञासासँग हुन्छ । मानिसका मनमा हर समय अनेकन प्रश्नहरु उब्जि रहन्छन्, ती प्रश्नहरुको उत्तर नै… पुरा पढौ

सूचनाको हक कार्यान्वयन गरौं

नेपालमा सूचनाको हकको कानुन लागु भएको डेढ दशक भइसकेको छ । र पनी कार्यन्वयन हुन सकीरहेको छैन सरकारी कार्यलय वाहेकका सार्वजनिक निकायमा त सूचनाको हक कुन चराको नाम हो भनी सोध्नु परेको अवस्था छ । राजनितिक दल हरुले यसलाइ पुर्ण रुपमा वेवास्ता गरेको पाइन्छ । सामान्य सुचना अधिकारी मात्र तोकेको पनी हामी पाँउदैनौ । यस्तो अवस्थामा सूचना अभियन्ता हरुले देशव्यापी रुपमा कार्यक्रम हरु गरीरहेका छन जसवाट जर्वजस्त सूचनाको हक कार्यन्वयन मा बल पुगेको छ ।सरकारी कर्मचारी को तलव वढ्ने वित्तिकै… पुरा पढौ

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले सार्वजनिक… पुरा पढौ

लोकतन्त्रमा सूचनाको हक : अवसर र हाँक 

थाहा अर्थात् सूचना र ज्ञानले मानिसलाई मानवअधिकार, समानता, सामाजिक न्याय, लोकतन्त्र आदि विभिन्न मानवीय गुण र गरिमायुक्त वातावरणमा बाँच्ने अवसर प्रदान गर्छ भने थाहाको अभावले मानिसलाई दुःख निराशा, शोषण, दमन, द्वन्द्व, हिंसा र युद्धतिर समेत डोर्याउँछ । यसैले थाहाको महत्वलाई प्रचिनकालका दार्शनिकदेखि अहिलेका मानवअधिकारवादीहरूले पनि बुझ्ने र मानिसको मूल अधिकारको रूपमा थाहा पाउने अधिकारलाई लागू गर्ने प्रयास गरिरहेका छन् । 'राजाले गल्ती गर्दैन' भन्ने बेलायती भनाइ त्यस बेला सुरु भयो जुन बेला त्यहाँ संवैधानिक राजतन्त्र र प्रतिनिधिमूलक प्रजातान्त्रिक व्यवस्था (संसदीय)… पुरा पढौ

सूचना नदिनेमा स्थानीय तह अघि, सूचना नपाएको भन्दै ७५३ जना आयोग पुगे

सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाबमोजिम सूचना नपाएको भन्दै राष्ट्रिय सूचना आयोगमा ७५३ जनाले पुनरावेदन गरेका छन् । आर्थिक वर्ष ०७७/७८ को आयोगको वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा सूचनाको हकसम्बन्धी ऐनको दफा १० बमोजिम सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भन्दै ७५३ वटा पुनरावेदन परेका थिए । त्यसरी प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । स्थानीय तहसँग सम्बन्धित ७३ प्रतिशत पुनरावेदन छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित ४ प्रतिशत, कानुन, न्याय र प्रशासनसँग सम्बन्धित ४… पुरा पढौ

प्रधानमन्त्री समक्ष राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश

सूचना आयोगले वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाइ वुझाएकाे छ । संक्षिप्त विवरण हेर्नुहाेला । https://suchanakohak.com/wp-content/uploads/2022/02/AnnualReport2077.78-aayog-sanxipta-bibaran-3.pdf पुरा पढौ

आयोगले बार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने

राष्ट्रिय सूचना आयोगले आर्थिक बर्ष २०७७/२०७८ को बार्षिक प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई सूचनाको हक सम्बन्धि ऐन बमोजिम भोलि माघ १८ गते बिहान १०.३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बुझाउने कार्यक्रम रहेको छ . पुरा पढौ