सुचनाको हक

पत्रकार सम्मेलन मार्फत सूचना आयोगले सार्बजनिक गर्यो प्रगति प्रतिबेदन

राष्ट्रिय सूचना आयोगले समय समयमा पत्रकार सम्मेलन मार्फत प्रगति प्रतिबेदन सार्बजनिक गर्ने कार्य गरिरहेको छ सो कार्य अन्तर्गत आज मिति २०८१ साल साउन ०४ गते सूचना आयोगकी प्रबक्ता सूचना आयुक्त कमला ओलीले पत्रकार सम्मेलन मार्फत प्रेस बिज्ञप्ति सार्बजनिक गर्नुभएको छ l राष्ट्रिय सूचना आयोगबाट २०८१ बैशाख, जेठ र असार महिनामा सम्पादन भएका मुख्य मुख्य कार्यहरु सम्वन्धी प्रेस विज्ञप्ती राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आमनागरिकको… पुरा पढौ

सूचनाको हक र पारदर्शिता विचको अन्तर सम्वन्ध

प्रश्न  सूचनाको हक र पारदर्शिता भन्नाले के बुझ्नुहुन्छ ? सूचनाको हक प्रचलनका सिमितता उल्लेख गर्दै सूचनाको हक र पारदर्शिता विचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस् । समाधान सूचनाको हक लोकतन्त्रको प्राणवायू :सूचनाको हक कुनै पनि व्याक्तिलाई आफ्नो वा सार्वजनिक सरोकारका जुनसुकै विषयका सूचनामाथि सहज पहँचको सुनिचितता हुनु नै सूचनाको हक हो । सूचना प्राप्त गर्नु जनताको अधिकार हो भने सूचनाको सहज सम्प्रेषण गर्नु सार्वजनिक निकायको कर्तव्य हो । नेपालको संविधानको धारा २७ मा सूचनाको हक नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । सूचनाको हक §  पारदर्शिता… पुरा पढौ

सूचना दिनै हिच्किचाउँछन् स्थानीय सरकारका अधिकारी

सूचनाको माग गर्दै स्थानीय सरकार, सरकारी कार्यालय वा सेवा प्रदायककोमा कहिल्यै जानुभएको छ ? धेरै त जानुभएको नै छैन होला। तर म धेरै पटक गएको छु, नागरिकको रूपमा भन्दा बढी पत्रकार भएर। पत्रकार भएको कारण सूचना लिने विशेष अधिकार त खासै छैन। पत्रकारले पनि आम नागरिकको जस्तै सूचनाको हक प्रयोग गरेर नेपाली नागरिक भएबापत सूचना लिनुपर्छ। सूचना लिन जाँदाको तीतो–मीठो पोखौँ है त। पहिले त म नेपाली नागरिक हो । पेसाले म स्थानीय रेडियो, अनलाइन र राष्ट्रिय दैनिक पत्रिकामा काम… पुरा पढौ

जिल्ला सिरहा, नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर, वडा अध्यक्षसमेत लाइ भ्रस्टाचार मुद्दा

आ.व. २०७७/०७८ मा विनियोजित बजेटबाट जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरा हुँदै बरगाछी देखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर संतोष कुमार यादव र लेखापाल सोम प्रसाद आचार्यले आ.व. २०७७/०७८ मा जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरादेखि वरगाछी हुँदै पटनासम्म माटो र ग्राभेल योजना सम्झौता र नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी लागत… पुरा पढौ

सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया

सूचना आयोगको आयोजना र नेपाल बार, मकवानपुरको संयोजनमा सूचनाको हकमा महिला सशक्तिकरण बिषयक अन्तरक्रिया अन्तक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। राष्ट्रिय सूचना आयोग सचिव होमप्रसाद लुइँटेलले सूचनाको हक सम्बन्धि व्यवस्था,सार्वजनिक निकायको दायित्व,सूचना मागकर्ताको भुमिका,सूचना प्रवाह गर्न नहुने विषय, सूचनाका लागि तिर्नुपर्ने दस्तुर, सूचना प्राप्त गर्ने विधि, आयोगमा उजुरी,  पुनरावेदन गर्नु पुर्व पालना गर्नुपर्ने विधि, आयोगमा पुनरावेदन दिने व्यवस्था, पुनरावेदनको कारबाही, सूचनाको अध्यावधी र स्वत सार्वजनिकिकरण ,व्यक्तिगत सूचना संरक्षण, सूचनाको दुरुपयोग गर्दा हुने सजाय, क्षतिपूर्तिबारे प्रस्तुत गर्नुभएको थियो । सामाजिक विकास… पुरा पढौ

‘सूचना मागकर्ताको संरक्षणका लागि कानुन आवश्यक’

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना मागकर्ताको संरक्षणका लागि कानुन आवश्यक रहेको बताएका छन्।      असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा पत्रकारिता’ विषयक कार्यशालामा प्रमुख आयुक्त गुरुङले सूचना मागेकै कारण हाल चारजनाले  फौजदारी मुद्दा खेपिरहेका र उनीहरुको न्यायका लागि आयोगले  सहजीकरण गरिरहेको बताए। आयोग स्थापना भएको १७ वर्षमा सम्बन्धित कार्यालयमा माग गरिएका सूचना नपाएका कारण आयोगमा नौ हजार एक सय ७० पुनरावेदन प्राप्त भएकामा ९३ प्रतिशत फछ्र्र्योेट गरिएको उनले जानकारी दिए। ‘सूचनाको हक… पुरा पढौ

प्रवक्तालाई नै सूचना पाउन चुनौती

नेपालमा प्रबक्ता भन्दा सूचना अधिकारि जुनियर राख्ने प्रचलन छ यस्तो अबस्थामा प्रवक्ताको नै पहुँच सूचनामा नपुगेको अबस्थामा सूचना अधिकारीको कसरि पुग्ला र ??? सरकारका मन्त्रालय र संवैधानिक निकायका निर्णय पारदर्शी हुँदैनन् र सूचना लुकाइन्छ भन्ने आम नागरिकलाई लागिरहेका बेला सङ्घीय मन्त्रालयकै धेरै प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सङ्घीय मन्त्रालय र संवैधानिक आयोगका प्रवक्ताहरुको बैठकमा धेरैले आन्तरिक रुपमै सूचना प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो गरे । प्रवक्ताले नै गुनासो पोखेपछि बैठकले… पुरा पढौ

सूचनाको हक लागू गर्नै समस्या

राजधानी काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा सूचना माग्न गएका चार अभियन्तालाई ३ असारमा प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो । नगरपालिकामा अनियमितता भएको भनी सूचनाको हकसम्बन्धी कानुन प्रयोग गर्दै त्यससम्बन्धी सूचना माग्न पुगेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घकै गोकर्णेश्वर नगरपालिकाका नगर समिति संयोजक आदर्श क्षेत्री, सूचनाको हकका अभियन्ता राजु सुनार र प्रेम श्रेष्ठ त्यस दिन सूचना माग्न नगरपालिका पुग्नुभएको थियो । सूचना माग गर्ने अभियन्तालाई सूचना दिनुको… पुरा पढौ

सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र, प्रेम श्रेष्ठ पक्राउको बिषयमा आयोग र महासंघ दुवै मौन

राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ परिएको घटनाको यथार्थ ब्यहोरा पठाउन पत्राचार गरेको छ । आयोगका सचिव होमप्रसाद लुइँटेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखेको पत्रमा घटनाका विषयमा छानबिन गरी गराई यथार्थ विवरण पेस गर्न भनेको छ । गोकर्णेश्वर नगरपालिकामा सूचना मागेको आधारमा प्रहरी वृत्त बौद्धले तिनजना अभियानकर्मी पक्राउ गरेको भन्ने सूचनाको हकको लागि राष्ट्रिय महासंघको भनाइलाई आधार मानेर आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरेको हो । सूचना माग गर्ने अभियानकर्मीलाई प्रहरीले पक्राउ गरी विभिन्न नाममा मुद्दा… पुरा पढौ

सूचना अधिकारीका दुःख- जिम्मेवारी दोहोरो, सुविधा एकोहोरो

‘हाम्रो मुख्य जिम्मेवारी छुट्टै हुन्छ, त्यो जिम्मेवारी पूरा गर्नु पर्यो नै । यसको साथसाथै सूचना अधिकारीको काम पनि गर्नु पर्ने तर थप काम गरेवापत कुनै प्रोत्साहन छैन ।’ बाजुराको बुढीगंगा नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीको भनाइ हो यो । उनी गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत छन् । उनलाई प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारीको जिम्मेवारी पनि दिएका छन् । सूचना अधिकारीको काम निकै झण्झटिलो भएको उनी बताउँछन् । ‘यसका लागि छुट्टै कर्मचारी आवश्यक पर्ने हो, प्रत्येक स्थानीय तहमा सूचना अधिकारीको… पुरा पढौ