अख्तियारका पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग गर्दै सूचना आयोगमा पुनरावेदन

-


     सुचनाको हक     
     असार १९ गते २०७९ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र त्यहाँका उच्च पदस्थ कर्मचारीले सम्पति विवरण कार्यालयमा बुझाए नबुझाएको सूचना माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता भएको छ ।

विवेकशील नेपाली दलका नेता तथा सुशासनका अभियान्ता शशीविक्रम कार्कीले यससम्बन्धि निवेदन आइतबार दर्ता गरेको जानकारी दिएका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र त्यहाँका उच्च पदस्थ कर्मचारीले सम्पति विवरण कार्यालयमा बुझाए कि बुझाएनन्, बुझाए भने ककसले कुन कुन मितिमा कुन निकायमा बुझाए भन्ने जानकारी सूचनाको हक मार्फत माग गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदिएपछि सूचना आयोगमा पुनरावेदन गरेको कार्कीले बताए । आफुले यसअघि मागेको सूचनामा आयोगले यससम्बन्धि विवरण दिन नमिल्ने जवाफ दिएको कार्कीले जानकारी दिए ।

संवैधानिक आयोगका आयुक्तहरूनै नागरिकलाई सार्वजनिक चासोको बिषयमा गैर जिम्मेवार हुनु लोकतन्त्रका लागि खतराको सङ्केत भएको कार्कीको भनाइ छ ।