साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०।०७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रम अनुरुप जिल्ला विकास समितिको कार्यालय, कालिकोटले गरेको प्रचारप्रसार कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आ.व. २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएकोले उक्त कार्यक्रम सञ्चालनको निमित्त पेश्की बुझिलिई जिम्मेवारी लिने र झुट्टा बिल भरपाई समाबेश गरी खरिद नै नगरिएको सामानको ढुवानीबापत समेतको खर्च देखाई कार्यक्रम नै नगरी पेश्की फर्छ्यौट गर्ने उक्त कार्यक्रमका फोकल पर्सन कालिकोट जिल्लाका तत्कालीन LAPA कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले निज कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनाललाई बिगो रु.३,२६,४९७।- (तीन लाख छब्बीस हजार चार सय सन्तानब्बे रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र बिगोबमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम वद्नियतसाथ हानिनोक्सानी गरेको बिगोसमेत निजबाट असुल हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।
साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०।०७१ मा जिल्ला कृषि विकास कार्यालय, कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यक्रममा झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको, उक्त तालिम कार्यक्रम सञ्चालनको निमित्त पेश्की बुझिलिई जिम्मेवारी लिने र झुट्टा बिल समाबेश गरी खरिद नै नगरिएको सामानको खरिद गरेको र ढुवानीबापत समेतको खर्च देखाई पेश्की फर्छ्यौट गर्ने तालिम कार्यक्रमका फोकल पर्सन तत्कालिन कृषि बिकास कार्यालय, कालिकोटका तत्कालीन प्रा.स. हाल गुठीचौर गाउँपालिका जुम्लाका (अधिकृत छैटौं तह) रत्न प्रसाद पाण्डेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.३,८८,७५०।- (तीन लाख अठासी हजार सात सय पचास रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र बिगोबमोजिम जरीवाना हुन एवं सोही दफा बमोजिम बद्नियतसाथ भुक्तानी लिई हानी पुर्याएको बिगोसमेत निजबाट असुल हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।
साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०/०७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रम अनुरुप अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म -८ ताडी, कालिकोटको भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आ.व. २०७०/०७१ मा निर्माण भएको अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म-८ ताडी, कालिकोटको भवन निर्माण कार्यमा झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरी रु.२,५१,५२९।–हिनामिना भएको हुँदा अल्लो भाँगो प्रशोधन केन्द्र, कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी अध्यक्ष नन्द प्रसाद पाण्डे, सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे) ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेकोले निजहरुलाई बिगो रु.२,५१,५२९।–(दुई लाख एकाउन्न हजार पाँच सय उनान्तीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र बिगो बमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम हानिनोक्सानी पुर्याएको बिगोसमेत निजहरुबाट असुल उपर हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।