अमृता कोइराला ६ लाख घुस सहित पक्राउ

-


     सुचनाको हक     
     श्रावण ७ गते २०८१ मा प्रकाशित


वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले निज लेखा अधिकृत अमृता कोइरालालाई सेवाग्राहीबाट नगद रु.१,५०,०००।– (एक लाख पचास रुपैयाँ) र रु.४,५०,०००।– (चार लाख पचास हजार रुपैयाँ) को चेकसहित घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. ४, कटहर चोकबाट मिति २०८१।०४।०६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।