आनीबानीबाट शुरू हुन्छ सफलता

-


     सुचनाको हक     
     माघ २१ गते २०७८ मा प्रकाशित


जब जीवनमा चुनौतीका चाङ हुन्छन् र त्यससँग जुध्ने क्षमतामा कमी आउँछ, तब लक्ष्यलाई निरन्तरता दिने उत्साहमा पनि शिथिलता आउँछ । त्यसैगरी, काममा चुनौती न्यून छन् र आफूमा शीप तथा क्षमता धेरै छन् भने पनि त्यस्तो काम पट्यारलाग्दो भइदिन्छ । यी दुवै अवस्थामा कामले निरन्तरता पाउन सक्दैन, न त त्यसबाट कुनै उच्चतम सफलता नै प्राप्त हुन्छ । त्यसैले, व्यवसाय वा करीअरमा उच्चतम सफलता हासिल गर्न तपाईंले रोजेको पेशा वा व्यवसायमा रहेको चुनौती र तपाईंको शीप तथा क्षमताबीच समुचित तालमेल अत्यावश्यक हुन आउँछ । थुप्रै अध्ययनहरूले पनि यही देखाएका छन् । यसर्थ, सफलताको यस सन्तुलित मार्गमा हि“डिरहन आफ्ना राम्रा बानीव्यवहार कायम राख्दै कमजोर आनीबानीमा निरन्तर सुधार गर्नुपर्ने हुन्छ । 

मानिसमा आफ्नो आनीबानीमा नियन्त्रण र निरन्तर सुधार गर्ने गुण जति धेरै हुन्छ, उसलाई उति धेरै सफलता प्राप्त हुँदै जान्छ । सफलताको मार्ग निरन्तर गतिशील हुन्छ भन्ने कुरा नबिसर्ने हो भने पनि जीवनमा सधैं नया“पन आउ“छ । साथै, सफताको स्तर पनि बढ्दै जान्छ । अनुसन्धानहरूले के देखाएका छन् भने, अत्यन्त सफल मानिसहरू सधैं आफूले के गरिरहेको छु भन्ने कुराप्रति सचेत रहेर आफ्नो ऊर्जा लक्ष्य प्राप्तिका लागि लगाइरहेका हुन्छन् । 

धेरैजसोसँग निकै कम असल बानी हुन्छ । यदि आफ्नो आफ्नो वर्तमानमा सन्तुष्ट हुनुहुन्न भने तपाईंको दैनिकीमा विस्तारै परिवर्तन आउने सम्भावना रहन्छ । तर, त्यसमा उच्चतम सफलता हासिल गर्न सफल व्यक्तिका केही महŒवपूर्ण बानी तपाईंले पनि अनुसरण गर्दै जानुपर्ने हुन्छ । उच्चस्तरको सफलताका लागि अपरिहार्य केही बानीबहोराबारे यहाँ चर्चा गरिएको छ :

आफ्नो ऊर्जामा केन्द्रित रहने 
आफ्नो जीवन ऊर्जालाई सबैभन्दा फलदायी कार्यहरूमा केन्द्रित गर्नु नै उच्चस्तरको सफलताको सूत्र हो । धेरैजसो मानिसले गर्ने सबैभन्दा ठूलो गल्ती नै ‘कम फलदायी’ अर्थात् न्यून महत्त्वका काममा ऊर्जाको खपत हो । त्यसैले, यो बानी परिवर्तन गर्न अहिले जीवनमा जे भइरहेको छ, ती सबै कुरालाई पुनरवलोकन गरेर अधिकतम फलदायी कामको पहिचान गर्नुपर्ने हुन्छ । त्यसैगरी, आफैलाई आफ्ना लागि उच्च महत्वका काम के के हुन सक्छन् भन्ने प्रश्न सोधेर त्यसको पहिचान गरिएमा पनि तपाईंको पेशागत जीवन र व्यवसाय दुवैमा उच्च सफलता प्राप्त हुनेछ ।   

प्राथमिकता निर्धारण गर्ने योग्यता 
अहिलेका लागि सबैभन्दा महŒवपूर्ण लक्ष्य के हो भन्ने विचार गरेर प्राथमिकताको क्रम निर्धारण गर्ने सक्ने क्षमताविना सफलता प्राप्त हुँदैन । यदि तपाईंले सही लक्ष्य पहिल्याउन सक्नुभयो भने त्यसले जीवनका अन्य सबै कुरालाई सही मार्गमा ल्याउँछ । तर, कम महत्त्वपूर्ण विषयलाई उच्च प्राथमिकता दिइयो भने लक्ष्य पूरा हुन सक्दैन । अति सफल मानिसहरू आफ्नो जीवनको लक्ष्य निर्धारण आफैले गरेर त्यसलाई उच्च प्राथमिकतामा राखेकैले सफल भएका हुन् । उनीहरू प्रत्येक दिन, आफ्नो मुख्य लक्ष्य हासिल गर्नेतर्फ केही न केही गरिरहन्छन् । 

निरन्तरता
कुनै पनि काम शुरू गर्नु र त्यसलाई पूरा नहुन्जेल पछ्याइरहनु दीर्घकालीन सफलताको कडी हो । त्यसका लागि आफ्ना परियोजनाहरू आफूले पूरा गरेको परिकल्पना गर्नुहोस् । सफलताको जति धेरै परिकल्पना गर्नुहुन्छ त्यति नै महत्त्वपूर्ण काम पूरा हुँदै जान्छन् । र, तपाईंमा थप आत्मविश्वास तथा प्रतिबद्धताको पनि विकास हुँदै जान्छ, जुन उच्चस्तरको सफलताका लागि अपरिहार्य छन् ।   

सकारात्मक मनोवृत्ति 
सफल हुन सकारात्मक मनोवृत्ति चाहिन्छ । यदि तपाईंले आफ्ना नकारात्मक सोच रोक्ने वा कम गर्नेतर्फ कुनै काम गर्नुभएन भने तपाईंको सफलता औसतस्तरमै सीमित रहन सक्छ । सकारात्मक मनोभावले सफलताको खुट्किलो सहज बन्दै जाने भएकाले आफूमा निरन्तर सकारात्मक विचार ल्याउन प्रयासरत हुनुहोस् । मनोवृत्तिमा आउने सानो परिवर्तनले पनि जीवनमा ठूलै सफलता दिलाइदिन्छ ।

अधिकांश सफल मानिसले आफ्नो जीवनमा असफलता र थुप्रै अड्चनहरूको अनुभव गरेका छन् । तर, उनीहरूमा रहेकोे आफू तथा आफ्नो क्षमताप्रतिको सकारात्मक भावना र विश्वासले लक्ष्यमा लाग्न सधैं प्रेरित गरिरहको पाइएको छ । त्यसका लागि हरेक दिनको शुरुआत सकारात्मक सोचका साथ गर्दै जाने हो भने त्यो तपाईंको स्थायी बानीमा रूपान्तरण हुन्छ । यही नै सफलताको सूत्र हो । 

हरेक मानिसका लागि आफू जीवनमा जहाँ रहे तापनि त्यसभन्दा अघि बढ्न धेरै लामो बाटो अझै बाँकी रहिरहन्छ । यही कुराको बोधले सफल हुने मानिसलाई सधैं अघि बढिरहन उत्साह दिइरहने गरेको पाइएको छ । आफ्नो क्षमतालाई निखार्दै हरेक दिन भविष्यका लागि लगानी गर्दै जानुभयो भने तपाईंको महत्त्व पहिलेभन्दा बढेर जान्छ । र, यी सबै कुरा तपाईंको बानीव्यवहारबाट नै शुरू हुन्छन् ।