अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका-७ का पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए।
उनले शुक्रबार बिहान घर नजिकैको मकैबारी बारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका थिए। अचानक गोली पड्किएर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए।
‘बन्दुक कसरी पड्कियो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी रिजालले भने।