लोकसेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारवाही गरेको छ । खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर उत्तर सारेर लेखेको भन्दै आयोगले कारवाही गरेको हो ।
जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तरपुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ । साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारवाही गरेको छ ।
आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४०(१) (क) बमोजिम कसुर गरेको प्रमाणित भएकाले सोही आधारमा कारवाही गरेको आयोजनाले जनाएको छ ।