जिल्ला सल्यान, कालीमाटी गाउँपालिका वडा नं. ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सवडिभिजन वन कार्यालय, कालीमाटी -३, सल्यानमा कार्यरत फरेष्टरसमेतले तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी -३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिमाटी सव-डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज वुढाथोकीले जिल्ला सल्यान, कालिमाटी गाउँपालिका वडा नं.-3 स्थित महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटी, सल्यानको वन क्षेत्रबाट तुल्सीपुर-पुरन्धारा-वोटेचौर सडक खण्डको स्तरोन्नतिको क्रममा हटाइएका रुखहरुको कटान मुछान तथा निकासी कार्यमा लगत, कटान तथा घाटगद्दी रजिष्टर तयार, काठ दाउराको लगत तयार गर्दा घाटगद्दीमा रहेको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरी प्रमाणित गरेकोले रु.1,87,877।–बराबरको हानिनोक्सानी भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको उद्योग गरेको देखिएकोले सोहि दफा अनुसार रु.1,87,877।- (एक लाख सतासी हजार आठ सय सतहत्तर रुपैँया) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २१ बमोजिम सजाय हुन एवं जय पृथ्वीराज वुढाथोकीले नियमानुसार छपान भई कटान भएका रुखहरुमध्ये १५ वटा रुखहरुको उत्पादित काठ घाटगद्दी नगरी लगतमा समेत नराखी हिनामिना गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले रु.2,68,561।– (दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैँया) बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोहि ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिमको सजाय हुन र सोही ऐनको दफा 17 वमोजिम हिनामिना भएको सम्पति असुलउपर हुनसमेत मागदावी लिइएको छ।
कालिमाटी सवडिभिजन वन कार्यालय, कालिमाटीका सहायक वन अधिकृत मनोज शर्मा लम्सालले उक्त सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रबाट संकलन भएका काठदाउराको घाटगद्दी एवं ग्रेडिङ्ग चेकजाँच तथा प्लटको अन्तिम जाँच गर्ने सिलसिलामा कालिमाटी सवडिभिजन कार्यालय, कालिमाटी सल्यानले वदनियतका साथ तयार गरेको गलत लगतलाई नै समर्थन गर्ने गरी प्रतिवेदन पेश गरेको देखिएकोले काठ कटानमुछान एवं घाटगद्दी गर्ने ठेकेदार तथा लगत तयार गर्ने कर्मचारीको मिलेमतोमा उक्त गलत प्रतिवेदन पेश गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेकोले निज मनोज शर्मा लम्साललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको हुन एवंनिज मनोज शर्मा लम्सालले कटान मुछान गर्ने ठेकेदारसँग मिलेमतो गरी रु.१,००,०००।– घुस लिई गलत प्रतिवेदन पेश गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा रु.१,००,०००।– (एक लाख रुपैँया) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) अनुसार कैद र बिगोबमोजिम जरिवाना गरी रिसवत लिएको रकमसमेत जफत हुन मागदाबी लिइएको छ।
सामुदायिक वन उपभोक्ता समूह कालिमाटी -3, सल्यानका अध्यक्ष भिम बहादुर कवर, कोषाध्यक्ष जुद्द कुमारी वली र सचिव पुष्पा वली खासु मगरले कालिमाटी सव डिभिजन वन कार्यालय, कालिमाटीले वास्तविक परिमाणभन्दा कम नापजाँच गरी लगत तयार गरेको काठको लगत रजिष्टरमा दस्तखत गरी प्रमाणित गरेको देखिएकोले रु.1,87,877।- (एक लाख सतासी हजार आठ सय सतहत्तर रुपैँया) बराबरको काठ दाउरा हानिनोक्सानी हुन गएको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको उद्योग गरेकोले सोही दफा अनुसार रु.1,87,877।- (एक लाख सतासी हजार आठ सय सतहत्तर रुपैँया) विगो कायम गरी निजहरु भिम बहादुर कवर, जुद्द कुमारी वली र पुष्पा वली खासु मगरलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २१ बमोजिम सजाय हुन एवं नियमानुसार छपान भई कटान भएका रुखहरुमध्ये १५ वटा रुखहरुको उत्पादित काठ घाटगद्दी नगरी लगतमा समेत नराखी हिनामिना गरेको देखिएको हुँदा निजहरु भिम बहादुर कवर, जुद्द कुमारी वली र पुष्पा वली खासु मगरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरले निजहरुलाई रु.2,68,561।- (दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैँया) बिगो कायम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको सजाय हुन र सोही ऐनको दफा 17 वमोजिम हिनामिना भएको सम्पति असुलउपर हुन मागदावी लिइएको छ।
साथै दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका -4, दाङ्गका संचालक दुर्गा प्रसाद वलीले कालिमाटी सवडिभिजन वन कार्यालय, कालिमाटी, सल्यानले तयार गरेको कटान रजिष्टर, घाटगद्दी लगत र काठदाउरा मूल्याङ्कन फारममा उल्लेख भएको काठको नाप साइज तथा गोलिया परिमाणमा, वास्तविक परिमाण भन्दा कम नाप लिई वास्तविक लगत नराखी गैरकानुनी लाभ लिने उद्देश्य राखी रु.1,87,877।- हानिनोक्सानी गरेको देखिएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरको उद्योग गरेकोले सोही दफा अनुसार निजलाई रु.१,८७,८७७।- (एक लाख सतासी हजार आठ सय सतहत्तर रुपैँया) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ बमोजिमको सजाय हुन र नियमानुसार छपान भई कटान भएका रुखहरु मध्ये १५ वटा रुखहरुको उत्पादित काठ घाटगद्दी नगरी लगतमा समेत नराखी रु.2,68,561।–महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटीलाई हानिनोक्सानी गरेको देखिएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले रु.2,68,561।– (दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैँया) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत गर्न मागदाबी लिने तथा कटानमुछानको भुक्तानीवापत डिभिजन वन कार्यालय सल्यानका सहायक वन अधिकृत मनोज शर्मा लम्साललाई घुस/रिसवत वापत रु.१,००,०००।– (एक लाख रुपैँया) दिएको पुष्टी हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेकोले रु.१,००,०००।– (एक लाख रुपैँया) विगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) अनुसार कैद र बिगोबमोजिम जरिवाना एवं रिसवतवापत दिएको रकमसमेत जफत हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।
यस्तै जिल्ला धनुषा, शहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदय कुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृतसमेत १२ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ
जिल्ला धनुषा, शहिदनगर नगरपालिकाबाट रकम विनियोजित गरेर नयाँ कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला धनुषा, शहिदनगर नगरपालिकाले आ.व. 2074/075 मा शहिदनगर नगरपालिका वडा नं. ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी रु.2,12,816।23 बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका प्रतिवादीहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।
देहाय:-
सि.नं | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
तत्कालीन नगर प्रमुख उदय कुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखिया | शहिदनगर नगरपालिका, धनुषा | रु.2,12,816।23 | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को खण्ड (घ) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं कार्य सम्झौता विपरीत भएको कामलाई सही देखाई गलत अनुगमन प्रतिवेदन तयार पारी भुक्तानीको लागि सिफारिस गरेकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना समेतको मागदावी लिइएको छ। | |
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो, इन्जिनियर संजय यादव, वडा नं. ८ का वडा अध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव | शहिदनगर नगरपालिका धनुषा | रु.2,12,816।23 | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को खण्ड (घ) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं फिल्डमा नभएको कामलाई समेत भएको भनी कम कामलाई बढी काम भएको देखाई र कार्य सम्झौताविपरीत भएको कामलाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिलमा राखी बढी भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना समेतको मागदावी लिइएको छ। | |
तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्द कुमार झा | शहिदनगर नगरपालिका धनुषा | रु.2,12,816।23 | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदाबी लिइएको छ। | |
उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदे यादव | शहिदनगर नगरपालिका वडा नं. ८ स्थित विसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्म कृषि सडक निर्माण उपभोक्ता समिति | रु.2,12,816।23 | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिमको कसुरमा सोही ऐनको दफा 8 को उपदफा (4) बमोजिम सजाय गरी बिगोसमेत जफत गर्ने गरी मागदाबी लिइएको छ। |
साविक कृषि ज्ञान केन्द्र, हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख राम सुरत पाल (गडरिया), सव-इन्जिनियर, सृजनशील कृषि सहकारी संस्थाका अध्यक्षसमेत ६ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ l
जिल्ला कृषि बिकास कार्यालय, हुम्लाबाट दिइएको अनुदान सृजनशील कृषि सहकारी संस्थाले हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक कृषि ज्ञान केन्द्र, हुम्लाको आ.व. २०७५/0७६ को सहकारी नमूना गाउँ स्थापना तथा सन्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिंचाई कुलो निर्माण र सहकारी नमूना गाउँको जग्गा घेरवार कार्यमा भएको बास्तविक कार्य भन्दा बढी काम भएको भनी झुट्टा बिल, भरपाई, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई रु.11,26,528।89 बढी भुक्तानी लिई/दिई आफूलाई गैरकानूनी लाभ पुर्याएको र प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्याएको पुष्टि भएको देखिएकोले उल्लिखित कसुरमा संलग्न देहायबमोजिमका प्रतिवादीहरुलाई निम्नानुसार सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा 18 र ३५ तथा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
देहाय:-
सि.नं | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
तत्कालीन निमित्त कार्यालय प्रमुख राम सुरत पाल (गडरिया) | साविक कृषि ज्ञान केन्द्र, हुम्ला | रु.11,26,528।89 | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कसुर भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी सहकारी संस्थालाई बढी भुक्तानी दिने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिमको कसुरसमेत भएको हुँदा निजलाई ऐ. ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना हुन समेतको मागदाबी लिइएको छ। | |
तत्कालीन सव-इन्जिनियर दिल बहादुर बोहरा | साविक कृषि ज्ञान केन्द्र, हुम्ला | रु.11,26,528।89 | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कसुर भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी उक्त बिगो असुल उपर हुन साथै भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सहकारी संस्थालाई बढी भुक्तानी दिने बदनियतले गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिमको कसुरसमेत गरेको हुँदा निजलाई ऐ. ऐनको दफा 19 को उपदफा (2) बमोजिमको कैद र जरिवाना हुन समेतको मागदाबी लिइएको छ। | |
तत्कालीन अध्यक्ष प्रयाग लाल बुढा, सचिव नन्द बहादुर रोकाया, कोषाध्यक्ष रामशिला रोकाया र सदस्य प्रेम बहादुर बुढा | सृजनशील कृषि सहकारी संस्था लि., सर्केगाड, हुम्ला | रु.11,26,528।89 | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत हुन मागदाबी लिइएको छ । |