उपभोक्ता समुहका अध्यक्ष राजेन्द्र थेबे उपर बिगो रु. १३,९७,७७७।४१ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

-


     सुचनाको हक     
     पौष २७ गते २०७८ मा प्रकाशित


ईलाम जिल्ला, माईनगरपालिका वडा नं. ९ (साविक चिसापानी बोरङ वडा नं.- ९) स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा स-मिलसँग समुहका गोलिया काठ दिन्छु भनी रकम लिएको, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले समुहको निर्णय किताव तथा चेकबुक लगायतका कागजातहरु आफूले राख्ने गरेको, वन उपभोक्ता समुहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखतसमेत किर्ते गरी रकम निकाली खर्च गरेको, उक्त सामुदायिक बनका कार्यक्रमहरुको खर्च बिबरण तथा बिल भरपाईसमेत नदेखाई बदनियतपूर्ण ढंगले रु.१३,९७,७७७।४१ रकम हिनामिना गरी सार्बजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिएकोले निज राजेन्द्र थेबेलाई बिगो रु.१३,९७,७७७।४१ (तेह्र लाख सन्तानव्वे हजार सात सय सतहत्तर रुपैया पैसा एकचालीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद तथा बिगोबमोजिम जरिबाना हुन र ऐ. Play https://casinodulacleamy.com/ online slot games for real cash anytime and anywhere you’d like. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुलउपर हुनसमेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ ।