जिल्ला प्रहरी कार्यालय पर्साले २०८० कात्तिक १५ गते २३:३० बजे राति बिल विजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको फेला पारेकाे हाे ।
सो विल बिजक शंकास्पद देखिएको हुँदा प्रहरी चेकजाँच गर्दा रू.९९,६९,०९३। – (उनानसय लाख उन्नसत्तरी हजार त्रिनान्वे ) बराबरको ट्रक भित्र लोड रहेको औषधि तथा खुद्रा सामानहरू नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८० कात्तिक १६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बताएकाे छ ।