एक फन्को सेलरोटी

-


     लक्ष्मण थापा    
     असार २२ गते २०७९ मा प्रकाशित


  “ ए ! बुढा, त्यो स्कुलमा त छोरीले नाम निकाल्नै पर्छ है ?” मालपोत कार्यालयको खरिदार लोककल्याणलाई बिहान भात खाने

बेलामा बुढीले सम्झाइन् । सम्झाइन के आदेश नै दिइन् ।

    “ ल ल म हेरम्ला ।खै त याँ तरकारी हालेको ? ” खरिदार सापले तरकारी कराहीतिर नजर दिंदै जवाफ दिए ।

     “ हत्तेरी मेरो सुद्धि पनि के भएको ?” खरदार्नी आफ्नै टाउकोमा धारे हात लगाउँदै भनिन् र डाडुले तरकारी खरदारको थालको एकछेउमा हालिदिइन् “ हेरेर मात्रै भएन । काम हुनु प-यो !” ऐले खरदार्नीको स्वर अलि तिखो भयो ।

     “ मैले त प्रयास गरेकै छु । छोरीले फस्ट डिभिजन ल्याई भनेर क्यार्नी ? बोर्डिंग स्कुलको फस्ट डिभिजनको कामै रैनछ । तेत्रो पैसाखर्चेर पढा’को कामै भएन । सरकारी स्कुलका सेकेण्ड डिभिजनले नाम निकालेका ठाममा हाम्री छोरीले नाम निकाल्न सकिन ।” खरिदारसापले छोरीप्रति 

गुनासो गरे । तर मनमनै अत्यन्तै चिन्तित भएका थिए ।” दुध पनि अलिकती हाल न ! आँफुलाई त एकगास दुधभात नखाएसम्म धितै पर्दैन!”

     “ जे भएनि छोरीलाई पढाउँनै प-यो । जसरी भएनि साइन्स पढ्छु भन्छे । उस्को बिएस्सी नर्सिंग गरेर अष्ट्रेलिया जाने ठूलो धोको छ !” खरिदार्नीले कुँडेबाट एक डाडु दुध खरिदारले मुछ्न लागेको भागमा खन्याइ दिइन् ।

     “ ल ल हेरम्ला । खाने बेलामा धेरै कचकच गर्नु हुन्न !” भन्दै खरिदार दुधसंग मुछेको भात सपासप भात खान थाले । खरिदार्नी सिंकमा भएका जुठा भाँडाहरू पखाल्न थालिन् ।

               खरिदार साप भात खाइओरी लुगा फेरेर सरकारी नम्बर प्लेटको स्प्लेन्डर  मोटरसाइकलमा चढेर हिंडे । उनी अफिस पुग्नुभन्दा पहिला छोरीको भर्नाको निश्चितता नगरी भएको थिएन । छोरीलाई सानैदेखि पढाई राखेको, एसएलसीसम्म ट्युसन कोचिंग पनि पढाएको र उसैको सल्लाह अनुसारको इन्स्टिट्यूटमा ब्रिजकोर्स पढाएका हुनाले शिक्षक तेजनाथप्रति आशावादी थिए । तेसैले खरिदारसापले स्प्लेन्डर तेजनाथको घरतिर हुँइक्याए । घरबाट निस्कन लागेको तेजनाथलाई दैलोमैं भेटेर आफ्नो गुनासोको पोका फुकाए ।

    “ लौ सर ! मेरी छोरी भनेकी हजुरकै छोरी हो । सानैदेखि हजुरकै काखमा हुर्किई । बोर्डिंग स्कुलबाट फर्स्ट डिभिजनमा पास भए पनि दुईदुई ठाम्मा नाम निकाल्न सकिन । अब यो  स्कुलमा त नाम जसरी पनि निकाल्दिनै प-यो ।” 

    “ अँ हो त नि गाँठे ! हत्तेरी…..! नाम निकालिन हगी ? यहाँ पनि एकदमै गाह्रो छ क्यारे ! तैपनि , हुन्छ ! म कोशिश त गर्छु । नानीलेइन्ट्रान्स परीक्षामा कस्तो गरेकी छे कुन्नी ! भर्ना समिति र सबै शिक्षक कर्मचारी भ’ ठाम्मा आँखा छलेर काम गर्न गाह्रो छ क्यारे !” सरले कपाल कन्याए ।

     “ छोरीले त राम्रै गरेकी छु भन्थी ! तर मलाई तेति भरोसा त छैन । दुई दुई ठाम्मा फेल भैसकी ।….. एति काम गर्दिए मेरी छोरीको भलैहुन्छ । हजुरलाई परे म पनि ठाम्मा छु । जग्गासग्गा दर्ता, खरिदबिक्री गर्नुपर्दा म पनि हेरम्ला नि । आखिर पालाको पैंचो त हो नि !“ भन्दै खरिदार सापले पचास हजार रुपैयाँ सरको ज्याकेटको खल्तीमा हालिदिए । सरले पनि थाहा नपाए झैं गरे ।सरको पनि खरबारी पाखोदर्ता गर्ने काम मातपोत कार्यालयमा दशकौं देखि रोकिएको थियो । तेति गर्न नसक्दा उनी दिक्क भएका थिए । खरिदारको वचनले उनको मनमा भएको आशाको दीयोमा तेल थपे झैं भयो ।

        त्यसपछी दुबै हाँसीखुशी बिदाबादी भए ।

                  ************

        यतिबेला शिक्षक तेजनाथ पनि अर्कै पीरलोले रन्थनिएका थिए । उनले हालसालै बनाएको घर नामजाँच गर्न आउँने नगरपालिकाको ओभरसियरले बाटोको केन्द्रबाट नाप्दा चार सेन्टीमीटर भित्र परेको भनेर निहुँ खोजिरहेको थियो । त्यस्ले गर्दा नगरपालिकाबाट सम्पन्न पत्रलिन सकेका थिएनन् । त्यतिबेला नै ओभरसियरको मुखमा एकाध हात्तीको बुझो लगाइदिएको भए तत्कालै समस्या समाधान भैहाल्थ्यो ।उनको अहँले भनौं वा पैसाको मायाले हो उनलाई रोक्यो । तर पछि इन्जिनियरलाई भेटे । हाकिमलाई भेटे । मेयर उपमेयरलाई समेत भेटेर अनेक उपाय लगाउँदा पनि काम बनेन । कामको तालाचाबी ओभरसियरको हातमा थियो । उस्ले सही नगरुन्जेल कागज अगाडि बढेन ।आज त उनी काम जसरी पनि फत्ते गर्छु भनी हानिएर नगरपालिका पुगे । ओभरसियर आइपुगेको रहेन्छ । नगरपालिका कार्यालयको बाहिर पट्टीको चौतारीमा बसेर कुर्न थाले । उनले नगरपालिकाको भवन हेरें । गतवर्ष रंगरोगन गरेको भए पनि रंग फुँग उडेको थियो ।वर्षाको पानीले लेउ पलाएर रुँदा रुँदा गाजल अनुहारभरी लत्पतिएको महिलाको अनुहारजस्तो देखिन्थ्यो । ठाउँ ठाउँमा प्लाष्टर उक्किएरभवन भग्नावस्थामा पुगेको थियो । ‘अर्काको घरको डिज़ाइन बनाउँने, मापदंड हेर्ने यहाँका प्राविधिकहरूले आफ्नै अफिस भवनलाई किनहेर्न नसकेका होलान् ? हुन त यी पढ्ने ईन्जिनियरिंग क्याम्पसको त त्यस्तो बिजोग छ !’ उस्को मनमा खेलिरहेका कुराहरूलाई अवरुद्ध गर्दै बाह्र बजेतिर बल्ल ओभरसियर आइपुग्यो ।

      “ नमस्ते ओभरसियर साब ! “ तेजनाथले तेजहीन स्वरमा विनीत भावले अभिवादन टक्र्याए ।

     “ तपैंको घरले चार सेन्टीमीटर मापदंड मिचेको छ । पैला त्यो सुधार्नोस् !” ओभरसियरले अभिवादन पनि फिर्ता नगरी हाकिमी पाराले रुखो स्वरले फरमान जारी ग-यो ।

     “ मैले त मापदंड रौं बराबर नमिचियोस् भनेर राम्रोसंग नापजाँच गरेकै हुम् । खै ऐले कसरी मिचिएको देखिएछ । भैहाल्यो सर, जसरीभएपनि तेति मिलाइबक्स्योस् । हजुरकै हातमा छ । हजुरले त्यति नमिलाइदिंदा मलाई अप्ठ्यारो प-यो ।” तेजनाथले ओभरसियर ख़ुशीहुन्छ कि भनि भारदारी भाषा प्रयोग गरी चाकरी बजायो ।

    “ हेर्न मिल्दैन । मैले पनि नियमानुसार काम गर्नुपर्छ । नत्र म नै कारवाहीमा पर्छु । तपैंको लागि म किन कारवाहीमा परुँ ?” ओभरसियर मुख अर्कैतिर फर्काउँदै बोल्यो ।

      “ सर ! तेसो नभनिबक्सियोस् । म त गरीव मान्छे ।बडो दुःख गरेर यौटा झुपडी बना’को । बरु सरको दुःखशान्ति म हेरौंला नि !” भन्दैतेजनाथले अघिको पचास हजारका नोटहरू ओभरटाइमको पाइन्टको खल्तीमा 

हालिदियो ।

       आफ्नो खल्तीमा केही पसेको अनुभव भएपछि ओभरटाइमको प्रतिक्रिया र व्यवहारमा ‘युटर्न’ भयो ।

      “ ठिक छ । ठिक छ । मिल्छ भने म हेरौंला । भोली एकपटक आउँनुहोला !“ एताउति हेर्दै ओभरसियर बोल्यो र अफिसमा पस्यो ।

               **********

        एक बजेतिर ओभरसियर हतारिंदै अफिसबाट बाहिर निस्केर मोटरसाइकल स्टार्ट गरेर हिंड्यो । उसलाई प्रतिपक्ष दलको कार्यकर्तासुसन्देश इमान्दारलाई भेट्नु थियो । 

       गाँठी कुरा के थियो भनें नगरपालिकाको डोजरे बिकाश अभियान अन्तर्गत नाकेधारदेखि मिठीकुनासम्म तीन किलोमीटर बाटो खोल्नेकामको प्राविधिक रेखदेखको जिम्मा लिएको ओभरसियरले फलामे फाँटमा जग्गा प्लटिंग साहुसंग मिलिमतो गरी बाटो वास्तविकयोजनालाई रड्काएर लैजाँदा बजेट बढी लागेको थियो भने ओभरटाइमको कमाइमा अनुकुल प्रभाव पारेको थियो । यस्को सुइँकोप्रतिपक्ष दलको कार्यकर्ता इमान्दारले पाइहाल्यो । यो थाहा पाएदेखि ओभरसियरको रातीको निंद हराम भएको थियो । यो केशनमिलिन्जेल छटपटी बढिरहेको थियो । आज त मिलाउँनै पर्छ भन्ने उस्ले अठोट गरेर हिंडेको थियो । 

              ओभरसियर र कार्यकर्ता बजारको “सुस्वादु खाजाघर”मा भेट भए । दुई कप क्यापुचिनो मगाएर ओभरसियरले कुरा अगाडिबढायो “ इमान्दार सर ! मैले खासै तेस्तो ठूलो बदमासी त गरेको थिइन । तैपनि तपैंले था’ पाइहाल्नु भएछ । अब यो कुरा यैं टुँगियाइदिम्!”

         “ तपैंहरु यसलाई स्यानो कुरा मान्नुहुन्छ ? एकातिर लानुपर्ने सडक अर्कैतिर लगेर देश र जनतामाथि कत्रो धोका दिनुभयो ! केतेस्को अन्दाज छ ? यो खवर पत्रिकामा प्रकाशित होस् न ! तपैंसहित कतिजना तानिन्छन् !” कार्यकर्ताले काइते अन्दाजमा भन्यो ।

        “ यो खवर अझैसम्म कहीं पु-याउँनु भएन । तेस्को लागि आभारी छु । एस्ले मलाई पनि एक्दम टेन्सन बना’को छ । अब तपैंलेमलाई माया गर्नुप-यो !“ 

        वैटरले दुईवटा क्यापुचिनो ल्याएर उनीहरुको अगाडि राखिदियो । ओभरसियरले चिनीको पुडिया च्यातेर कपमा चिनी खन्याइचम्चाले चलाउँन लाग्यो भनें कार्यकर्ताले चाहीं चिनीको पुड़िया नछोइकन कप उठाएर चुस्की लियो ।

         “ मैले त माया गरेकै छु । एस्को सुँइको कतै बताएको छैन् । आफ्नै पार्टीका मान्छेहरुलाई पनि बताएको छैन । यो कुराको सुइँकोपत्रिकालाई दिने हो भनें के होला बिचार गर्नुहोस् त ! ऐले त अख़्तियारमा बेनामे पत्र पठाइदिए पनि कुरा खत्तम हुन्छ ।” कार्यकर्तालेओभरसियरलाई तर्साउँने ध्येयले बोल्यो ।

      “ यो कुरा नगरम् । तपैं हामी भनेका एउटै सिक्काका दुई पाटा जस्ता हौं । भनम् न ढुँगा र माटो जस्ता हौं ।ढुँगाको भर माटो, माटोकोभर ढुँगा ।एकले अर्कोलाई सघाउँनै पर्छ । यौटै कुवामा बस्ने भएपछि मिलेरै बस्नु राम्रो हुन्छ।” ओभरसियरले सम्झाउँने अन्दाजमा भन्यो ।

          “ ठिकै छ नि ! मलाई पनि चित्त बुझाउँनुस् । यो कुरा बाहिर निस्कन दिन्न !”

         “ ऐले एति राख्नोस् । पछि फेरी मिलाउँला नि । रकम कलमको हिसाब हुँदैछ । फेरी भेटौंला नि !” ओभरसियरले तेजनाथलेदिएको रकम कार्यकर्ताको हातमा राख्दै भन्यो

।” एसलाई पेश्की सम्झनुस् !”

           दुबैजनाले क्यापुचिनोका कपहरू रित्याएर पछि भेट्ने वाचा गरी छुट्टिए ।

                 ***********

             इमान्दारलाई यौटा विषयले टाउको दुःखाइरहेको थियो । हिजो बेलुकी उस्को छोराको ट्रकले नदीबाट अवैध रुपमा बालुवाल्याउँदाल्याउँदै गर्दा प्रहरीले पक्रेर चौकीमा राखेको थियो । ट्रक नछुटाइ भएको थिएन । तेसैले उ चौकीतिर लाग्यो । राजनीतिककार्यकर्ताहरूले त ठाउँ ठाउँमा आफ्ना मान्छे बनाएर राखेका हुन्छन् । त्यो चौकीमा उस्को बुढो मामलीतिरकोको नाती असई थियो । उमार्फत काम फत्ते गर्ने सोचाइ बनाएर चौकीभन्दा केहीपरको चिया पसलमा बसेर उस्ले फ़ोन गरेर असईलाई बोलायो । आधा घण्टापछिअसई हस्याँगफस्याँग गर्दै आइपुग्यो ।

       “ नमस्ते भान्दाई ! आराम हुनुहुन्छ ?” उस्को अगाडि बेन्चमा बस्दै सोध्यो ।

      “ नमस्ते ! ठिक छ । चिया मगाउँ है ? चिया खाँदै कुरा गरौंला !“ इमान्दारले दुई कप चिया मगायो ।

        “ बाबु ! मलाई साह्रै अस्पट परेको छ । छोराको ट्रक पक्रेर चौकीमा राखेको छ । तेसलाई जसरी भएनि छुटाइदिन प-यो ! बरु मैलेके गर्नुपर्छ, गर्छु ।” इमान्दारले आफ्नो बेथाको पोको फुकायो ।

      “ त्यो त गरौंला नि भान्दाई । तेति गर्न नसके म ह्याँ भ’को के काम भयो त ! ह्याँका स्टापहरू अलि लोभीछन् । ट्रक पक्रेको खवरजिल्लातिर पु-याएका छैनन् । भरेसम्म भए यहीं मिलाउँन सकिन्छ ।” असईले हात मल्दै भन्यो ।

      “ म चित्त बुझाम्ला । तपैं तेस्को सुर्तै नलिनुस् । एसपालीलाई एति राख्नुस् ।” इमान्दारले पचास हजार रुपैया असईको खल्तीमाहालिदिए ।

                  **********

                     असईलाई एउटा केशको सिलसिलामा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख डाक्टरको समर्थन पत्र चाहिएको थियो ।वास्तवमा उस्ले हिरासतमा भएकी एकजना महिलालाई नशा चढेको बेलामा बलात्कार ग-यो भनेर आरोप लगाएकी थिई । उस्कोतत्कालै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण पनि गरिएको थियो । तर रिपोर्ट डाक्टरले दिइसकेको थिएन । रिपोर्ट असईको विपक्षमागएमा के हुनसक्छ भन्नेकुराको जानकारी असईलाई पनि थियो । तेसैले तेही पचास हजार बोकेर असई जिल्ला अस्पताल पुग्यौ ।

          जिल्ला अस्पतालमा सुनसानजस्तै थियो । अस्पतालको सेवासुविधाप्रति जनताहरू पटक्कै विश्वास गर्दैनथे । तेसैले खासैबिरामी आउँदैनथे । आइहाले भने पनि ‘ डाक्टर छैन’ ‘ नर्स छैन’ ‘औजारलाई सेनिटाइज्ड गरिएको छैन’ ‘ औषधि छैन’ जस्ता अनेकवहाना बनाई निजी अस्पताल वा क्लिनिकमा जान बाध्य बनाउथे । अस्पतालका भित्ताहरू चिरिएका थिए । अगाडिको चौरमा अराजकघाँसपात उम्रेका थिए । 

       “डाक्टर साप हुनुहुन्छ ?” असईले उँघिरहेको पियनलाई झक्झकाउँदै सोध्यो ।

       “ कुन डाक्टर साप ?” पियनले झस्केर अमैत्री भाव देखाउँदै प्रतिप्रश्न ग-यो । पियनको आराममा बाधा पु-याउँने असईदेखि मनमनैरिसाइरहेको थियो ।

     “ मुख्य डाक्टर ।” असईले छोटकरीमा भन्यो ।

    “ अपिस्मै हुनहुन्छ ।जानोस् ।” पियनले पिछा छुटाउँने पाराले भित्र कोठातिर देखायो ।

       असईको मुहार भित्र जाँदा तनावपूर्ण थियो । तर उ भित्र पसेको केहीबेर मैं हँसिलो मुहारसहित बाहिरियो ।

               *********

                 साढ़े तीन बजेतिर डाक्टर अस्पतालबाट निस्केर मोटर चढेर हिड्यो ।  मालपोत कार्यालय पुगेर खरिदार लोककल्याणलाईभेट्यो ।

     “तपैंहरूले प्लटिंग गर्न लागेको जग्गामा अलिकती पर्ती जग्गा पनि घुसेको रहेछ । यो काम त अल्ली मिलेन । कसो गर्ने हो डाक्टरसाप ?” डाक्टरलाई देख्ने बित्तिकै मालपोत कार्यालयको खरिदार लोकतल्याण बोल्यो ।

     “तेसलाई मिलाउँने काम तपैंहरूको हो । मलाई केही नभन्नोस् । ऐलेलाई एति राख्नोस् । काम भएपछि तपैंहरूको चित्त म बुझाउँने छु।” डाक्टरले असईले दिएको पचासहजारको बिटो खरिदारको हातमा राखिदियो ।

       “ बिहान मास्टरलाई दिएको पैसा घुमेर मेरै हातमा आइपुग्यो । सत्तको धन भनेको एस्तो हुनेरहेछ ।” डाक्टर निस्किएपछिशौचालयमा गइ पैसा गनेर खल्तीमा राख्दै खरिदारले आँफैसंग भन्यो ।

                  **********

                                                पोखरा