सूचना नदिने बिरुद्द सूचना आयोग कठोर तरिकाले अगाडी बढेको छ महेन्द्रमान गुरुङ को नेतृत्वमा रहेको आयोगले अहिले सम्म कारबाहीमा सबै रेकर्ड तोडेको छ l
सूचना नदिने हरु बिरुद्द निर्मम तरिकाले अगाडी बढेको आयोगले हाल औरही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साहलाइ कारबाही गर्ने तयारि गरेको छ l यो बारेमा हजुरलाई कारबाहि हुदैछ भन्ने कुरा थाहा छ भनि उहासंग सम्पर्क गरि सोध्दा आफु त बल्ल आएको र यो बिषय नै थाहा नभएको उहाँ बताउनुहुन्छ कार्यालय आएको एक महिना पनि भएको छैन अब हिजो के कस्तो थियो थाहा नै नभएको र कारबाहीको अन्तिम चरणमा पुगेको कुरा समेत बल्ल हजुरको फोन बाट थाहा भएको उहाले बताउनुभयो यसरि नै सूचना अधिकारी जय प्रसाद यादव संग सोध्दा आफु आइ टि फिल्ड को भएको र बल्ल एक हप्ता अगाडी मात्र आफुले सूचना अधिकारीको जिम्मा पाएको हुँदा सूचना मागकर्ताले कुन कुन सूचना माग गरेको उहाले पाएको नपाएको र कारबाहीको चरणमा पुगेको आफुलाई थाहा नभएको उहाँ बताउनुहुन्छ सूचनाको हक सम्बन्धि नियमवाली २०६५ को नियम २४ बमोजिम रहेका दोश्रो वा तेस्रो तहका कर्मचारी सूचना अधिकारि नबसेको समेत समस्या देश भर रहेको छ l
२०८० साल चैत्र १९ गते सूचना नदिएको कारणले निमित्त प्रमुख धिरेन्द्र लाल कठालाई कारबाही गर्ने तयारि गरेको आयोगले निज निमित्त बाट हटेको कारण कारबाही नगर्ने सम्भावना बढेको छ र हाल भर्खर आएका सत्यनारायारण साहलाई कारबाही हुने सम्भावना बढेको छ l
केहि समय पहिला यसरि नै धरान उपमहानगरका कार्यकारीलाई समेत जिम्मेवारी लिएको केहि महिनामा कारबाही भएको थियो कारबाही भएको केहि समय पछी उहालाई सोध्दा उहाले समेत आफुले प्रमुख को जिम्मेवारी लिएको केहि समय मात्र भएको र सूचना मागको बिषय थाहा नै नभएको र एकै पटक कारबाही भएको बताउनुभएको थियो l
यसरि कार्यालयमा कार्यालय प्रमुख जिम्मेवारी पाएको केहि दिनमा कार्यालय समेत पुरा नबुझ्दै पुरै विवरण नालिदै कारबाही हुने परिपाटीको बिकल्प के भन्ने बिषय अहिले चर्चाको बिषय बनेको छ न्यायको प्राकृतिक सिद्धान्त न्यायाधिश हरुले बुझेपनि आयुक्तहरुले भने बुझ्न नसकेको बहस समेत अहिले कर्मचारी तन्त्रमा उठ्ने गरेको छ
मधेश प्रदेशकै एक स्थानीय तहको प्रमुख भएर आएकी एक प्रमुख प्रशासकीय अधिकृत को बच्चा सानो रहेको र केहि दिन बिदामा रहेको कारण सबै अपडेट हुन् नपाउदै आफुलाई कारबाही भएको भन्दै आँखाबाट आँशु समेत निकाल्नुभएको थियो एक जनाले गरेको काम नदिएको सूचना सबै कुरा ह्याण्ड ओभर हुने परिपाटीको बिकास भएकै छैन सूचना को क्स्ले के कति मागे कसले पाए कसले पाएनन यी कुरा समेत सूचना अधिकारिले लिखित राख्ने परिपाटी निकै कम छ
सूचना अधिकारिको काम, कर्तब्य र जिम्मेवारी सम्बन्धि निर्देशिका २०७३, को दफा २५ अनुसारको सूचना माग र प्रबाह भएको विवरण राख्दिदिने हो भने नया हाकिम लाइ र नया सूचना अधिकारीलाई थाहा पाउन सहज हुने थियो
सूचना अभियन्ता साहले मागेको ४ बुँदाको सूचना पालिकाले हाल सम्म उपलब्ध गराएको छैन सूचना अभियन्ता साह यहि बैशाख २२ गते रास्ट्रपति को हातबाट पुरस्कार पाएका व्यक्ति हुन्
सिरहालाइ केन्द्र बनाइ मधेश प्रदेश भर अभियानलाई तिब्र बनेका साह पेशाले शिक्षक पनि हुन् l शिक्षक भएर पनि सूचना माग माग गरेर दुख दिएको आरोप लागेका साह बिहान बेलुका र बिदाको समय मा सूचनाको हक कार्यान्वयन मा लागि परिरहेका छन् l
औरही नगरपालिकाले सूचनाको हक सम्बन्धि सामान्य कुरा समेत पालना नगरेको अभियन्ताहरु बताउछन् वेबसाइट मा सूचना अधिकारीको फोटो सार्बजनिक नगरेको तिन महिने विवरण सार्बजनिक नगरेको सूचनाको हक सम्बन्धि भेला बैठक गोष्ठी नगरेको कुनै पनि सहकारीमा बिद्यालयमा सूचना अधिकारिको वडा कार्यलयहरुमा सूचना अधिकारी नभएको, पालिकामा समेत दोश्रो र तेस्रो तहका जिम्मेवार कर्मचारीलाई सूचना अधिकारि नतोकेर अहिले कारबाहीको अन्तिम चरणमा आएपछि सूचना दिनुको सट्टा आइ टि लाइ सूचना अधिकारिको जिम्मा दिएर करारमा रहेका आइ टि माथि नै अन्याय गरेको जस्तो आरोप पालिकालाई लागेको छ l