तपाईंले कर्मचारी सञ्चय कोषमा रकम राखेर लामो समयदेखि निकाल्न बिर्सनु भएको छ ? त्यसो हो भने कोषमा सम्पर्क गरी रकम निकाल्न सक्नु हुन्छ । कोषले आइतबार यसरी लामो समयदेखि रकम जम्मा हुन बन्द भएका र भुक्तानी पनि नलिएका सञ्चयकर्ताको नाम सार्वजनिक गरेको छ ।
कोषले भुक्तानी नलिएका सञ्चकर्तालाई कोषमा सम्पर्क गर्न समेत भनेको छ । सामान्यतया कार्यालय परिवर्तन गरेका, कार्यालयले सञ्चयकोषको रकम काटे पनि कर्मचारीलाई जानकारी नदिइएका र आफैंले पनि चासो राख्न बिर्सिएका सञ्चयकर्ताको लामो समयदेखि रकम भुक्तानी नभई बस्ने गर्छ । यस्तो संख्या १९४७ जना रहेको कोषले जनाएको छ ।
हेर्नुहोस् नामको सुची
civil-8b98