जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, एक्लेखेतघाट ह्यूमपाईप आयोजनामा कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., तत्कालीन सब-इञ्जिनियर नवीन थापा र असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्यायले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी सहमति जनाई नभए नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको, इष्टिमेटबमोजिम नभए नगरेको कार्यको समेत नापी किताव तयार गरी भुक्तानीका लागि सिफारिस गर्ने कार्य गरी रु.२,३९,२८४।१९ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु खिम बहादुर वि.क., नवीन थापा र सनोज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.२,३९,२८४।१९ (दुई लाख उनन्चालिस हजार दुई सय चौरासी रुपैयाँ उन्नाइस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगोसमेत निजहरुबाट ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन अख्तियारले मागदावी लिएको छ ।
साथै, उपभोक्ता समितिका अध्यक्ष अम्मर बहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगन बहादुर कार्कीले सम्झौता गरिएको एक्लेखेतघाट ह्यूमपाईप निर्माण आयोजनाको सम्झौता बमोजिम ह्यूमपाईप राख्दा गर्नुपर्ने Plain Cement Concrete (PCC) work, stone masonry wall लगायतका लगत इष्टिमेटमा तोकिएका कामहरु गर्नुपर्नेमा सो नगरी/नगराई स्थलगत रुपमा नभएको नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाउने, कार्यभन्दा बढी नापी कितावमा चढाउन लगाई सोहीबमोजिमको भुक्तानी लिने कार्य गरी रु.२,३९,२८४।१९ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु अमर बहादुर गुरुङ, चेलीमाया थापा र गगन बहादुर कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु. २,३९,२८४।१९ (अक्षरुपी दुई लाख उनन्चालीस हजार दुई सय चौरासी रुपैयाँ उन्नाइस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानी भएको बिगो निजहरुबाट ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
साथै जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, डुडियाघाट तथा लामाबगरस्थित ह्यूमपाइप निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले आयोजना कामै नचल्ने गरी बिग्रिएको र डुडियाघाट लामाबगर ह्यूमपाईप आयोजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., तत्कालीन सब-इञ्जिनियर नवीन कुमार दास र असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्यायले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी सहमति जनाई नभए नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको, इष्टिमेटबमोजिम नभए नगरेको कार्यको समेत नापी किताव तयार गरी भुक्तानीका लागि सिफारिस गर्ने कार्य गरी लामाबगर ह्यूमपाईप आयोजनामा र डुडियाघाट ह्यूमपाईपमा जम्मा रु.४,९०,२२७।७७ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु खिम बहादुर वि.क., नवीन कुमार दास र सनोज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.४,९०,२२७।७७ (चार लाख नब्बे हजार दुई सय सत्ताइस रुपैयाँ सतहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगोसमेत निजबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन भनि अख्मातियारले मागदावी लिएको छ ।
साथै, उपभोक्ता समितिका अध्यक्ष रन बहादुर थापा, सचिव टेक नारायण पुन र कोषाध्यक्ष पार्वती थापाले बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका लामाबगर ह्यूमपाईप र डुडियाघाट ह्यूमपाईपमा सम्झौताबमोजिम ह्यूमपाईप राख्दा गर्नुपर्ने Plain Cement Concrete (PCC) work, stone masonry wall लगायतका लगत इष्टिमेटमा तोकिएका कामहरु गर्नुपर्नेमा सो नगरी नगराई स्थलगतरुपमा नभएको नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई बनाउन लगाई भए गरेको कार्यभन्दा बढी नापी कितावमा चढाउन लगाई सोहीबमोजिमको भुक्तानी लिने कार्य गरी लामाबगर ह्यूमपाईप आयोजना र डुडियाघाट ह्यूमपाईपमा रु.४,९०,२२७।७७ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु रन बहादुर थापा, टेक नारायण पुन र पार्वती थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु.४,९०,२२७।७७ (चार लाख नब्बे हजार दुई सय सत्ताइस रुपैयाँ सतहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानी भएको बिगो निजहरुबाट जफत हुने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
CGZBA8bcol24