कुल १ करोड ८ लाख ३६ हजार राजस्व चुहावट गरेको आरोपमा २ जना पक्राउ

-


     सुचनाको हक     
     श्रावण २० गते २०७९ मा प्रकाशित


 राजस्व अनुसन्धान विभागले भ्याट रकम दाखिला नगरेको र कारोबार समेत लुकाएको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही सांस्कृतिक नगरपालिकास्थित बुद्धनगर स्थायी ठेगाना भएका साझा रेस्टुरेन्टका प्रोप्राइटर प्रकाश यादव र सोही नगरपालिका कालिमाटी बस्ने विष्णु यादवविरुद्ध विभागले उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

साझा रेस्टुरेन्टको सम्पूर्ण कारोबार पेश नगरेको, भ्याटमा दर्ता भई कारोबार गर्नुपर्नेमा नगरेको, ठूलो बिक्रीलाई कारोबारबाहिर राखेर लुकाएको विभागले जनाएको छ । यी यादवद्वयले मूल्य अभिवृद्धि र आयकरतर्फ गरी कुल १ करोड ८ लाख ३६ हजार राजस्व चुहावट गरेको भन्दै विभागले शतप्रतिशत जरिवाना र ब्याजसमेत असुलउपरको माग दावी गरेको हो ।