खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेल उपर रु. १,५०,०००।– बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर l

-


     सुचनाको हक     
     वैशाख १५ गते २०८० मा प्रकाशित


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि रु. १,५०,०००।घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज योगेन्द्र ढुङ्गेललाई सेवाग्राहीबाट रु. १,५०,०००।(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्र दिने प्रयोजनको लागि घुस/रिसवत रु.१५०,०००।– माग गरी लिएको पुष्टि भएको हुँदा निज योगेन्द्र ढुंगेललाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा बिगो रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) कायम गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र विगो वमोजिम जरीवाना हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।