खानेपानीको ट्याङ्की निर्माणको नाममा ८ जना मिलि भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

-


     सुचनाको हक     
     असार २४ गते २०८० मा प्रकाशित


जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं.-२ स्थित खानेपानीको ट्याङ्की निर्माणको लागि आ.व. २०७८।०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम बिनियोजन भई उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी विल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चंखेली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले आ.व. २०७७/०७८ मा जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. २ देवकोटाबाडास्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नगरी नभए नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्‍कन गरी भुक्तानीको लागि स्वीकृत गरी, फिल्डमा नभए नगरेको कामसमेतको भुक्तानी दिई रु.६,४८,७८६।–हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) ले परिभाषित गरेको कसुर गरेको पुष्टि हुन आएकोले निज विष्णु बहादुर शाहीलाई बिगो रु.६,४८,७८६।- (छ लाख अठ्चालीस हजार सात सय छयासी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र विगो बमोजिम जरीवाना गरी बिगो असुल उपर हुन मागदावी लिएको छ।

(बिस्तृत जानकारीको लागि तल दिइएको लिंक खोल्नु होस्)

xd15ry