खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

-


     सुचनाको हक     
     श्रावण २६ गते २०८० मा प्रकाशित


सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने ५० वर्षीय विद्यानन्द रायको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रबार बिहान आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले बताएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।