गण्डकी प्रदेश स्वास्थ्यमन्त्रीको नयाँ कार्यक्रम

-


     सुचनाको हक     
     असार १० गते २०७९ मा प्रकाशित


यो पटक सरकारले प्रस्तुत गरेको बजेटमा आंशिक प्रतिकृया भैरहेको छ । सरकारमै सहभागि गठबन्धनदलहरु बिचमै बजेटका बारेमा टिकाटिप्पणी भैरहेको बेला गण्डकी प्रदेसको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले भने आफ्नो कार्यक्रममा नयाँ बिषय समाबेश गर्नु भएको छ । आमागी आर्थिक बर्षमा गण्डकी प्रदेस भित्र सञ्चालन हुने गरी उहाले प्रदेश सरकार संग बा,आमा कार्यक्रम सुरु गर्न लाग्नु भएको हो । यो कार्यक्रम मुख्य गरि दिर्घ रोगी बृद्धबृद्धा, एकल महिला तथा पुरुष, छोराछोरीको सहज पहुँच नभएर एक्लोपन महशुस गरेका जेष्ठ नागरीक संग स्वास्थ्य मन्त्रीको सामिप्यता बढाउने गरी सञ्चालन हुने तयारी भएको छ ।

मन्त्री अधिकारीले उक्त कार्यक्रम मार्फत जेष्ठ नागरीकमा देखिन थालेको नैरास्यता, एक्लोपन तथा मानसिक समस्यालाई मध्यनजर गरिने बताउनु भयो । मानिसलाई एक छाक खान पाउनु र एक सरो लगाउन पाउनु मात्र सबै चिज हो भन्ने धारणा हुनसक्छ , तर आजभाली गाऊ या शहरमा नयाँ खालका समस्या जेष्ठ नागरीकहरुमा देखा पर्न थालेको अनुभुतिका आधारमा यो कार्यक्रम तय गरेको मन्त्री अधिकारीले जानकारी दिनु भयो । बजेटमा समाबेश भएका कार्यक्रममा मुख्यमन्त्री नै असन्तुष्ट रहेको चर्चा चलेको बेला स्वास्थ्य मन्त्रालयले भने अन्य केही पपुलर कार्यक्रम समाबेश गरेको छ । कार्यसम्पादनमा पनि स्वास्थ्य मन्त्रालय अगाडी रहेको अबस्थामा आगामी आ.ब.मा पनि स्वास्थ्य क्षत्रमा परिबर्तनको महशुस हुने गरि काम गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयले एक बिद्यालय एक नर्स, बिद्यालय शिक्षा कार्यक्रम, सामुदायिक बिद्यालयमा अध्ययन गर्ने किशोरीलाई निःशुल्क प्याड बितरण,५० बर्ष पुगेका नागरीकको प्रत्येक छ महिनामा निःशुल्क स्वास्थय जाँच,जेष्ठ नागरीकको अलगै उपचार वार्ड,सबै पालिकामा एम्वुलेन्स , द्धन्द पिडितका लागि निःशुल्क स्वास्थ्य बिमा , दिर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य बिमा लगायतका कार्यक्रम समाबेश गरिएको छ ।