जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक PCC र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज इन्जिनियर अर्विन्द कुमार यादवलाई सेवाग्राहीबाट रु.४५,०००।–(पैतालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको हो