जिल्ला महोत्तरी, सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतले सम्सी गाउँपालिका वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई सेवाग्राहीबाट रु.१,२५,०००।–(एक लाख पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सम्सी गाउँपालिकाको कार्यालयबाट मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको हो