ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् ।
नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् ।
साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर शल्यक्रिया गरिएको
नेत्रधाम आई केयर सेन्टरको प्रबन्द निर्देशक डा. संयम बजिमयले जानकारी दिए ।
उनका अनुसार डा. प्रणव श्रेष्ठको संलग्नतामा ८ जनाको मेडिकल टिमले उक्त स्वास्थ शिविरमा सेवा सञ्चालन गरेका थिए भने उक्त शिविर नेत्रधाम आई केयर सेन्टर को प्राबिधिकको सहयोग रहेको थियो ।
यस्तै शिविरमा आएका विरामीलाई नि:शुल्क औषधि,चश्मा तथा आँखा जाँच र शल्यक्रिया गरिएको थियो । पहिलो पल्ट गाउमा निशुल्क आँखा स्वास्थ शिविर बसेको हुदा स्थानिय सारै खुसी देखिएको वडा अध्यक्ष ज्ञान बहादुरले बताए।