पोखरा १८ चङ्खपुर निवासी ५५ वर्षीय जमुना तिमिल्सिना आजभोली आफ्नो आँगनमा गुन्द्रीको तानमा भेटिन्छिन् । गुन्द्री बुन्दै गरेको उनको दुश्य सायद धेरैलाई नौलो नलाग्न सक्छ तर वर्तमान समयमा नयाँ प्रविधिको विकास संगै पुराना सिप तथा परम्पराहरु ओझेल पर्दै गएको देखिन्छ । बैदाम पामे घाट्टिछिन्ना सडक खण्डको चङ्खपुरमा उनको घर तथा रेष्टुरेण्ट छ। खोलाको छेउ नामक रेष्टुरेण्ट उनैको हो। उनी भन्छिन बेला परिवर्तन भएसँगै आजकल दिदबहिनी हरु पनि अल्छी भएका छन्। आफ्नो खेतमा उत्पादन हुने धानको परालले बुनिने गुन्द्री बन्न छाडेर बजारीय प्लास्टिक जन्य सामाग्री किन्ने हाम्रा दिदीबहिनीहरु आफुलाई आधुनिक देखाउने मोहको लोभले पुर्खौ देखी बुन्निदै आएको गुन्द्री अहिले लोप हुने क्रममा छ । एउटा पुस्ता संग भएको सिप अर्को पुस्तालाई हस्तान्तरण गर्नु पर्ने हो तर अहिलेकै पुस्तामा आफुसँग भएको सिपको प्रयोग नगर्दा र छोरीबुहारी हरुलाई नसिकाए भविष्यमा गुन्द्री कसरि बुन्ने भनेर इन्टरनेटमा खोज्नु पर्ने समय नजिकिने उनी बताउछिन् ।