हुम्ला जिल्ला, अदानचुली गाउँपालिकाले आ.व.२०७६/०७७ का विभिन्न योजनाहरु आफू अनुकूलका व्यक्तिहरुलाई पारी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हुम्ला जिल्ला, अदानचुली वडा नं. १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पुर्याई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले कार्य गरेको पुष्टि हुन आएको हुँदा संलग्न देहायका व्यक्तिहरुको हकमा देहायबमोजिमको कसुरमा देहाय अनुसार सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।
जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं.-७ टोप्ला गाउँमा आ.व. २०७६/०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट संचालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतले सम्बन्धित कार्यालयसँग गरेको सम्झौता अनुसार काम नगरी मिलेमतोमा भुक्तानी गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पुर्याई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले काम गरेको पुष्टि हुन आएको हुँदा देहायका कर्मचारी एवं व्यक्तिहरुलाई देहाय बमोजिमको कसुरमा देहाय अनुसारको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।