सूचना आयुक्त रत्नप्रसाद मैनालीले कुनै
पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
गैरसरकारी संस्था सूचनाको
हकसम्बन्धी कानुनको दायराभन्दा बाहिर
नरहेको बताउनु भएको छ । राष्ट्रिय सूचना
आयोगको आयोजनामा सूचनाको हकको
कार्यान्वयनका लागि सिन्धुली जिल्लाको
कमलामाई नगरपालिकामा आयोजित अन्तक्र्रियात्मक अभिमुखीकरण
कार्यक्रममा सूचना आयुक्त रत्नप्रसाद मैनालीले
गैरसरकारी संस्थाले पनि कानुनको पालना
गर्नु पर्ने उल्लेख गर्दै कानुनको पालना नगरे
उन्मुक्ति नपाउने बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कमलामाई
नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले
गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता
नभएको उल्लेख गर्दै सेवामूलक संस्थाका
सञ्चालक नाफामुखी भएको बताउनु भएको थियो ।
गैरसरकारी संघसंस्थाले सामाजिक काममा
आएको पैसा कुन–कुन काममा कति–कति
खर्च गरे भन्ने कुराको जानकारी नदिई
पारदर्शिता र सुशासनबारे सिकाउन आएका
गैरसरकारी संस्थाले कानुनको पालना नगरी
सूचना नदिए राष्ट्रिय सूचना आयोगमा
पुनरावेदन गरे आयोगले सूचना उपलब्ध
गराउने प्रतिबद्धता सूचना आयुक्त मैनालीले
व्यक्त गर्नु भयो । कानुन सबैलाई बराबर
हुने बताउदै सूचना आयुक्त मैनालीले
गैरसरकारी संघसंस्थाले सूचना लुकाउन
नमिल्ने र त्यस्ता सबै संघसंस्थाले पनि
सूचना अधिकारी तोक्नुपर्नेमा जोड
दि ँदै सूचना लुकाउने र सूचनाको
दुरुपयोग गर्नेलाई कानुन बमोजिम सजाय
हुने बताउनु भएको हो