गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन

-


     सुचनाको हक     
     असार ३१ गते २०८० मा प्रकाशित


दोलखा, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ।

उनको हृदयघातका कारण आइतबार दिउँसो १ः३० बजे उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए।

‘उहाँलाई हिजो साँझदेखि असहज भएको थियो। दोलखाको अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ल्याइएको थियो। चिकित्सकले हृदयघात भएको भनेपछि आज अप्रेसन गरिएको थियो। तर, अप्रेसन सफल हुन सकेन,’ उनले भने।

नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष जितेका तामाङ पार्टीको त्यही पालिकाको सभापति थिए।

उनी २०७४ सालमा गौरीशंकर गाउँपालिका–६ को वडा सदस्य निर्वाचित भएका थिए।

उनको केही दिनपछि मात्रै तामाङ परम्पराअनुसार अन्त्येष्टि हुने कार्कीले जानकारी दिए।