‘घुस असुली’ उजुरी र आरोप इन्कार गरेपछि मन्त्री र सहसचिव बिच भनाभन

-


     सुचनाको हक     
     चैत्र १७ गते २०७९ मा प्रकाशित


संघीय, मामिला तथा  सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र एक जना सहसचिव कमल प्रसाद भट्टराइ बिच २०७९ चैत १६ गते बिहीवार मन्त्रालयमा भनाभन भएको समाचार सिंहदरवार परिसरमा भाइरल भयो ।

स्रोत भन्छ, प्रशासन महाशाखा प्रमुख सहसचिव कमल प्रसाद भट्टराईले एक जना नासुको सरुवा गर्दा अनियमित काम गरेको उजुरी मन्त्री मोदी समक्ष पुग्यो ।

यही कारण मन्त्री मोदी र सहसचिव भट्टराईका बिचमा चैत १६ गते बिहीवार भनाभन भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


लडाकु स्वभावका मन्त्री मोदी र कर्मचारी सरुवाको विषयमा सहसचिव भट्टराईको बिच भनाभनका कारण दिनभर जसो मन्त्रालयको काम कारवाहीसमेत प्रभावित हुन पुगेको कर्मचारी स्रोत बताउँछ ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारी सरुवा गर्दा मन्त्रालयका हर्ताकर्ता हाकिमहरुको ध्यान अतिरिक्त शुल्कमा जाने गरेको गुनासो बाहिर आएकै थिए ।


तर, बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको दवावमा एकजना नायब सुब्बास्तरका कर्मचारी सरुवा गर्दा सहसचिव भट्टराईले अनियमित कार्य गरेको स–प्रमाण उजुरी मन्त्री मोदीसमक्ष पुगेको थियो । त्यसपछि मन्त्री मोदीले सहसचिव भट्टराईलाई कार्यकक्षमा नै बोलाएर हप्काएको समाचार स्रोत बताउँछ ।

सहसचिव भट्टराईले मन्त्री समक्ष परेको ‘घुस असुली’उजुरी र आरोप इन्कार गरेपछि मन्त्री मोदी र सहसचिव भट्टराईका बिचमा केहीबेर भनाभन भएको स्रोत बताउछ ।