जागौं नेपाल द्वारा १ लाख सहयोग

-


     सुचनाको हक     
     पौष ७ गते २०७८ मा प्रकाशित


बिभिन्न सहयोग सहित सूचना समाज बनाउन अगाडी बढेको जागौं नेपाल ले नेपालमा लकडाउन को समयमा रबि लामिछाने ले शुरु गरेको अस्पताललाइ १ लाख ११ हजार १ सय ११ सहयोग गरेको थियो, तेस्तै कर्णाली प्रदेश मा खाद्यान सहयोग, कास्कीका सुकुम्बासी बस्तीमा खाध्यान सहयोग , लम्जुंग र गोर्खा मा स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । पोखरा बृद्दाश्रम र कास्की ट्राफिक लाइ समेत सहयोग गरेको जागौं नेपाल ले हिजो बालबालिकाको क्षेत्रमा काम गरेको आशाको पहिलो किरण नामक संस्थालाई ५० हजार १ र मानब सेवा आश्रम लाइ ५० हजार ५ गरि गरि १ लाख भन्दा माथि सहयोग गरेको छ । जागौं नेपाल को बिभिन्न समिति अन्तर्गत रहेको जागौं नेपाल प्रवास समितिले “आफू बाचौं,अरुलाई बचाऔं,पुन्य कमाऔं भन्ने मुल नाराका साथ आर्थिक सङ्कलन अभियान शुरु गरेको थियो सो अभियान बाट केहि कोष प्रबास समिति संग रहेकोमा केहि दिन अगाडिको बैठकले रकम सहयोग गर्ने निर्णय गरेको थियो सोहि निर्णय अनुसार जागौं नेपाल दुवइ का संयोजक रमेश बिसुन्के नेपाल मै रहेको अबस्था पारेर सो रकम सहयोग गरिएको जागौं नेपाल प्रबास समितिले जानाकारी गराएको छ ।

दुइ फरक फरक कार्यक्रम बीच दुबई शाखाका संयोजक रमेश बिसुन्के द्वारा नेपालका विकट जिल्लाहरुबाट ल्याइएका अनाथ, असाहय, टुहुरा बालबालिकाहरुलाई पालनपोषण, शिक्षादिक्षा दिदै आएको पबित्र मानवीय संस्था ” आशाको पहिलो किरण ” नामक बाल आश्रमका संचालक श्री ऋषि गौतम ज्यु मार्फत नेपाली रु.पचास हजार एक (५०,००१) सहयोग हस्तान्तरण गरिएको छ । सो अभियान प्रबास संयोजक सन्तोष तिमिल्सिना को नेतृत्वमा संचालित भएको थियो ।

संकलित रकम प्रवास समिती अन्तर्गतका शाखा समितिहरु साइप्रस,कतार,दुबई,साउदीअरब,मलेसिया,क्रोसिया,ओमन,जापान,कुवेत लगायत सम्पूर्ण शाखा समितिहरुले गर्नुभएको कुरा रमेश बिसुन्केले आफ्नो सामाजिक संजाल मार्फत प्रस्ट्याउनु भएको छ । सहयोग रकमलाई एक कार्यक्रम बीच दुबई शाखाका संयोजक रमेश बिसुन्के र आशाको पहिलो किरणका Founder Director श्री ऋषि गौतम ज्युको उपस्थितिमा मानवसेवा आश्रमको केन्द्रिय कार्यालय सामाखुसी,काठमाडौमा मानवसेवा आश्रमका सचीव सुमन बर्तौला,केन्द्रिय सदस्य सिर्जना ओलि लगायत मानवसेवा आश्रमका टिमहरुका बीच नेपाली रु. पचास हजार पाँच (५०,००५) सहयोग रकम हस्तान्तरण गरिएको थियो । ” मानवसेवा आश्रम ” लाई हस्तान्तरण गरिएको हाम्रो संस्थाको यस सानो रकमले थोरै भएपनि राहत मिल्ने बिश्वास राख्दै पछिल्ला दिनहरुमा पनि सहयोग गर्ने अबसर दिनुहुनेछ भन्ने अपेक्षा साथमा उहाँहरुको उज्ज्वल भबिस्यको कामना सहित मानवसेवा आश्रमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । भनि जागौं नेपाल दुबइ संयोजक रमेश बिसुन्के ले बोल्नुभएको छ ।

स्मरण रहोस यो अभियान ले इशा गुरुङ मार्फत पनि नेपालमा थुप्रै सहयोग गरेको छ । सन्तोष तिमिल्सिना को नेतृत्व मा रहेको प्रबास शाखा ले सूचना अधिकारि र प्रबक्ता को समेत ब्यबस्था गरेको छ । यो संस्था को प्रबास प्रबक्ता अभिषेक खरेल रहनुभएको छ ।