जाजरकोटमा रक्सी प्रतिबन्ध

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


जाजरकोटको कुशे गाउँपालिकाले मदिरा उत्पादन, बिक्री तथा प्रयोगमा निषेध गरेको छ । गाउँसभाले अस्तिदेखि मदिरा निषेधित गाउँपालिकाको निर्णय गरेको हो ।

सो निर्णय कार्यान्वयनका लागि पालिकाले मदिरा आयात र उत्पादनमा रोक लगाएको छ । बाहिरबाट मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

‘मिति २०७९ श्रावण १ गतेदेखि मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न, नगरी दिनुहुन मदिरा उद्यमी, व्यवसायीलगायत सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ शाहीद्वारा जारी सूचनामा उल्लेख छ ।