प्रशासकीय अधिकृत खिम बहादुर उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

-


     सुचनाको हक     
     असार १५ गते २०७९ मा प्रकाशित


जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिका स्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, सडक मर्मत आयोजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कर्मचारीको मिलेमतोमा योजनाबद्ध ढंगले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को प्रावधानलाई समेत वेवास्ता गरी योजनालाई साना साना टुक्रामा विभाजन गरी, दरभाउ पत्रसमेत नलिई सामान्य निवेदनको भरमा मात्र एक फर्मलाई एक वडाको जिम्मेवारी दिएकोमा सोही वडाको एकै साइटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको र अर्को फर्मबाट समेत काम भएको भनी नापी किताब तयार एवं भुक्तानी गर्ने कार्य गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याउने देहायका व्यक्तिहरुलाई अख्तियारले देहाय अनुसारको सजायको मागदाबी लिएको छ ।

M38Xho