बारा शुभकामना नर्सरीका संचालक उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर ।

-


     सुचनाको हक     
     असार २९ गते २०७९ मा प्रकाशित


तत्कालीन जिल्ला वन कार्यालय, बाराका तत्कालीन सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलले जिल्ला वन कार्यालय, बारा अन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत वाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको व्यहोराको सम्मानित विशेष अदालतमा मिति २०७७।०३।२८ गते दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने शुभकामना नर्सरीका संचालक अजय कुमार कुशवाहाले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको भ्रष्टाचार (सरकारी रकम दुरुपयोग तथा हिनामिना) को प्रतिवादी विन्देश्वर प्रसाद पटेलसमेत भएको मुद्दामा अजय कुमार कुशवाहालाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजातहरुको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज अजय कुमार कुशवाहाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम मतियार हुने देखिएकोले निज अजय कुमार कुशवाहालाई रु.३,००,०००।– (तीन लाख रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धनात्मक वाक्याशंले निर्देशन गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम मतियारलाई हुने जरिवाना र कैद सजाय हुन मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

nKzE86