बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमरामा वडा अध्यक्षले एक शिक्षिकालाई करिब तिन महिना देखि हाजिरी गर्न दिएका छैनन् । मङ्गलबार हाजरी गर्न गएकी मा.बि. द्धितीय श्रेणीका शिक्षिका सिता अधिकारीलाई वडा अध्यक्ष धनबहादुर श्रेष्ठले हाजिरी पुस्तिका खोसेर दुर्ब्यबहार समेत गरेको पिडित शिक्षिका अधिकारीले जानकारी दिईन । शिक्षिका अधिकारीलाई बिद्यालयमा दुर्ब्यबहार गरेर हाजिरी गर्न नदिएको खबर थाहा पाएर बिद्यालयमा पुगेका नगर प्रमुख राजनपौडेल र वडा अध्यक्ष श्रेष्ठ बीच घम्साघम्सी समेत भएको थियो । मेयर पौडेलले शिक्षक अधिकारीको हातबाट किन हाजिरी रजिस्टर खोसिएको भन्दै प्रश्न गरेपछि वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडल बिच घम्साघम्सी भएको थियो । वडा अध्यक्ष श्रेष्ठले शिक्षिका सिता अधिकारीलाई बिद्यालयमा हाजिरी नगराउँने अडान राख्दै आएका छन् l श्री नेरा मा.बि. सिमराका प्रधानाध्यापक शंकर अचार्यले हाजिरी गराइसकेको शिक्षकलाई हाजिरी गर्न तथाकक्षा पढाउनबाट रोक्न नमिल्ने बताउँदै हाजिरी रजिस्टर मागेपछि वडा अध्यक्ष श्रेष्ठ र मेयर पौडेल बिच विवाद भएको जनाइएको छ । विवाद उग्र हुँदा वडा अध्यक्ष श्रेष्ठ र मेयर पौडेल बिच केही समय घम्सा घम्सी समेत भएको थियो । गत जेठ १७ गते नगर शिक्षा समितिले दरबन्दी मिलान तथा व्यवस्थापनको निर्णय अनुसार शिक्षिका अधिकारीलाई जीतपुरबाट श्री नेरामाबि.सिमरामा सरुवा गरेको थियो । सरुवा निर्णयको भोली पल्टै उपमहानगरले स्कुललाई पत्रचार गरेर हाजिरी गराउन निर्देशन समेत दिइसकेको थियो । तर यही बेलामा वडाअध्यक्ष श्रेष्ठले भने विद्यालय व्यवस्थापन समितिसँग शिक्षक अधिकारीलाई स्कुलमा हाजिरी नगराउने निर्णय गराएका थिए । त्यस्तो निर्णयको सामना गर्दै प्रधानाध्यापक अचार्यले भने उनलाई ६ असारमा हाजिरी गराएका थिए । शिक्षक अधिकारीलाई स्कुलमा हाजिरी गराए पनि व्यवस्थापन समिति तथा वडाअध्यक्षले कक्षामा पढाउन नदिने र हाजिरी लुकाइ दिने जस्ता गति विधि गर्दै आइरहेको आरोप छ । प्रधानध्यापक अचार्यलाई शिक्षिका अधिकारीलाई बिद्यालयमा हाजिरी गराउन नगरप्रमुख पौडेलले निर्देशन दिने तर वडा अध्यक्ष श्रेष्ठले हाजिरी नगराउँन दबाब दिँदै आएका छन् ।