केहि समय अगाडी मात्र ज्येष्ठ नागरिकको भत्ता हिना मिना गर्ने हरुलाइ अख्तियारले मुद्दा चलाएको छ ६/८ बर्ष अगाडिको हिनामिनामा अहिले मुद्दा चल्नुमा नागरिक सचेतना प्रमुख कारण रहेको छ । जागौ नेपाल का अभियन्ताहरु अहिले एस्तो खोजीमा गाउँ गाउँ पुगेका छन् साथै सूचना अभियन्ताहरु टोल टोल मा पुगेर आफ्नो करको हिसाब माग्न आम नागरिक लाइ अपिल गरेका छन् जसको कारण अख्तियार सम्म हिनामिनाको उजुरी पुग्ने गरेको छ ।
हालै जिल्ला गोरखा, अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर र वडा नं. ५ मुच्चोकका वडा सचिव दिपक बहादुर दर्जी समेतले वडाको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७३/०७४ मा साविक हंशपुर र मुच्चोक गा.बि.स. हालको अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गा.बि.स. सचिव एवं वडा सचिव दिपक बहादुर दर्जी, साविक हंशपुर गा.बि.स.को हे.अ. सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी बिशाल बि.क. र साविक मुच्चोकको गा.बि.स.को अ.हे.ब. चन्द्रकान्त सुबेदीसमेतले आर्थिक कारोबारको हिसाब-किताब नबुझाई जिल्ला विकास समितिको कार्यालयबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्नको लागि रकम चेकमार्फत लिएको तर बितरण गरेको नपाइएको एवं वडा सचिव दिपक बहादुर दर्जीले हे.अ. सुरेश दबाडीसँग संयुक्त रुपमा खाता सञ्चालन
गरेको तथा दिपक बहादुर दर्जीले अ.हे.ब. चन्द्रकान्त सुबेदीसँग समेत संयुक्त रुपमा खाता सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको रकम निकाली पेश्की फर्छ्यौट तथा लेखापरीक्षणसमेत नगरी रु.६०,९७,६००।- रकम हिनामिना गरेको, साविक हंशपुर गा.बि.स.को तत्कालीन हे.अ. हाल जनस्वास्थ्य अधिकृत सुरेश दवाडी र दिपक बहादुर दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नं. ३ को सामाजिक सुरक्षा भत्तावापतको रु.२७,२३,२००।- र साविक मुच्चोक गा.बि.स.को तत्कालीन अ.हे.ब. चन्द्रकान्त सुबेदी र दिपक बहादुर दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नं. ५ को सामाजिक सुरक्षा भत्तावापतको रु.३३,७४,४००।- को भरपाई पेश गरी फर्छ्यौट पनि नगरेको र रकमसमेत निकाली मासी सरकारी रकम हिनामिना गरेको हुँदा प्रतिवादी दिपक बहादुर दर्जीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई रु.६०,९७,६००।-(साठ्ठी लाख सन्तानब्बे हजार छ सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
साथै, आरोपितहरुमध्ये प्रतिवादी दिपक बहादुर दर्जी र सुरेश दवाडीको संयुक्त चेकबाट रकम निकाली प्रतिवादी विशाल वि.क.को खातामा जम्मा गरी रु.२७,२३,२००।- हिनामिना गरेको पाईएको हुँदा प्रतिवादी सुरेश दवाडी र विशाल वि.क.को हकमा जनही रु.२७,२३,२००।- (सत्ताइस लाख तेइस हजार दुईसय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र प्रतिवादी दिपक बहादुर दर्जीसँग संयुक्त हस्ताक्षर गर्ने आरोपित चन्द्रकान्त सुबेदीको हकमा रु.३३,७४,४००।- (तेत्तिस लाख चौंहत्तर हजार चारसय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१७) ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१)
र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरु दिपक बहादुर दर्जी, सुरेश दवाडी, चन्द्रकान्त सुवेदी र विशाल वि.क.समेतले हानिनोक्सानी गरेको बिगो निजहरुबाट असुलउपर हुनसमेत मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।