ज्येष्ठ नागरिकको भत्ता खाएका वडा सचिवलाई ४ बर्षपछी अख्तियारले चलायो मुद्धा

-


     सुचनाको हक     
     चैत्र २० गते २०७९ मा प्रकाशित


जाजरकोट जिल्ला, छेडागाड नगरपालिका, वडा नं. १२ मा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जाजरकोट जिल्ला, छेडागाड नगरपालिका १२ नं. वडा कार्यालयका तत्कालीन वडा सचिव देवीलाल जैसीले आ.ब. २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी रु.२,७३,४००।- सरकारी रकम हिनामिना गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज वडा सचिव देवीलाल जैसीलाई रु.२,७३,४००।– (दुई लाख त्रिहत्तर हजार चार सय रुपैयाँ) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. उपदफा (१) को खण्ड (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना तथा ऐ. ऐनको दफा १७ बमोजिम हिनामिना गरेको रकम निजबाट असुल उपर हुनसमेतको मागदाबी लिइएको छ।  

साथै, जाजरकोट जिल्ला, छेडागाड नगरपालिका १२ नं. वडा कार्यालयका तत्कालीन प्रशासन सहायक रत्न बहादुर कार्कीले आ.ब. २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी रु.२,७३,४००।– सरकारी रकम हिनामिना भएको कार्यमा वडासचिव देवीलाल जैसीलाई सहयोग पुग्ने गरी मिलेमतो गरी तथा निज स्वयंले समेत लाभ लिएको पुष्टि भएको हुँदा निज प्रशासन सहायक रत्न बहादुर कार्की उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम मतियार भएकोले निजलाई ऐ. ऐनको दफा २२ को प्रतिबन्धनात्मक वाक्यांशअनुसार कसुर गर्ने व्यक्ति (तत्कालीन वडा सचिव देवीलाल जैसी) सरह नै ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. उपदफा (१) को खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना तथा ऐ.ऐनको दफा १७ बमोजिम हिनामिना गरेको रु.२,७३,४००।- निज प्रशासन सहायक रत्न बहादुर कार्कीबाट असुल उपर हुन समेतको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ। 

यो समाचार हामीले बृद्ध आवाज डट कम बाट लिएका हौ