काठमाडौंमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसको नामबाट लामो समयदेखि विदेशमा रोजगारीमा पठाई दिनेभन्दै ठगी गर्दै आएको आरोप लागेको छ । सो कम्पनीका सञ्चालकद्वारा गरिदै आएको अबैधधन्दामाथी छापा मार्न गएको टोलीमाथी नै सञ्चालक कमल काफ्लेले श्रम तथा सामाजिक मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत नाम भजाएर अबैधधन्दा चलाउदै आएसंगै धम्की समेत दिएको आरोप लागेको छ ।
विद्यमान ऐनलाई लाईनै लत्याउदै सो म्यानपावार कम्पनीले आफुखुशी लाखौ रुपैयाँ अबैधरुपमा असुली गरेपछि वैदेशिक रोजगार विभागले छापा मारेर कागजात जफत गरेपछि सो ठगीको रह¥य खुलेको हो । सरकारले निःशुल्क वा न्यूनतम शुल्क तोकेको खाडीका ६ मुलुक र मलेसियामा कामदार पठाई दिने भन्दै मोटो रकम असुली गरि ठगी गरेको आरोप सो कम्पनीमाथी लागेको छ ।
विभागका डाइरेक्टर गोपाल तिमिल्सिना र अफिसर शम्भु कटुवालको नेतृत्वमा गएको टोलीले उक्त म्यानपावर कम्पनीमा छापा मारेको जनाएको छ । सो कम्पनीबाट महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिई बयान दिन आउन निर्देशन समेत दिएको छ । सो म्यानपावरका सञ्चालक कमल काफ्लेले खाडी र मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति दुई लाख ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म असुल्दै गर्दै आएको भन्ने सूचना विभागमा परेपछि छापा मारेर अनुसन्धान सुरु गरेको विभगाले जनाएको छ ।
मागे अनुसारको रकम बुझाएर खाडी पुगेकाहरुले भनिएको कम्पनीमा रोजगार नपाएको र रोजगारी पाएपनि भने अनुसारको पारिश्रमिक नपाएको बताइएको छ । विभाग स्रोतका अनुसार पूर्व स्वीकृती नै नलिएर यूरोपको पोर्चुगल पठाउने भन्दै थुप्रै व्यक्तिसँग एडभान्स बापत केही रकम र राहदानी समेत लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले लिएर लामो समयदेखि अलमल्याउँदै आएको बताइएको छ ।
जापान, साइप्रस र क्यानडा पठाउने भन्दै सो कम्पनीका सञ्चालकद्वारा रकम असुली गरी अलपत्र पारेपछि उनीहरुमाथी उजुरी परेको थियो । सो अबैधधन्दाको पहिलो योजना कार काफ्ले रहेको र सो अबैधधन्दाई कम्पनीले लामो समयदेखि चलाउदै आएको समेत आरोप लागेको छ ।
सो कम्पनीले पोर्चुगल पठाउने भन्दै रकम असुल गरेकै कारण लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेकै नातेदार समेत रहेका सुजन भट्टराई पक्राउ परि हाल थुनामा रहेका छन् । एजुकेशनल कन्सल्टेन्सी खोलेर बसेका भट्टराईले पोर्चुगल पठाउने भन्दै युवाहरुसँग मोटो रकम असुल्दै आएको उजुरी परेपछि उनलाई पक्राउ गरि अहिले अनुसन्धान गरि रहेको छ ।
आम्दानीमा भागवण्डा गर्ने गरी लिंक इन्टरनेशनलका काफ्ले र भट्टराईले अवैद्यरुपमा पोर्चुगल पठाउने भन्दै रकम असुलेको अवस्थामा भट्टराई पक्राउ परेर कारवाही भोग्दै गरे पनि काफ्ले भने म्यानपावरकै आवरणमा जोगिदै आएका व्यक्ती हुन । त्यसैगरी, भारतीयले सञ्चालित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमाथि उही नाम, एकै काम र हुवहु लोगोका विषयमा समेत विभगाले अनुसन्धान सुरु गरेको छ ।
भारतमा वैदेशिक रोजगारीको विषयमा सुक्ष्म अनुगमन भइरहने भएकाले भारतीय दलालले नेपालको मेनपावर कम्पनीलाई प्रयोगमा लिएर आफ्नो धन्दा सञ्चालन गर्न चाहेको अवस्थालाई लिंक इन्टरनेशनलका कमल काफ्लेले सहजीकरण गरेको बताइएको छ । नाइल ओभरसिजलाई भारतको मुम्वईमा प्रधान कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसको नेपालको शाखाको रुपमा सञ्चालन गरिदै आएको छ ।
सो कम्पनीका सञ्चालक कमल काफ्लेले लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नै नाम परिवर्तन गरेको बताइएको छ । भारतीय मानवतस्करले खोजेको डिमाण्डमा आपूर्ति गरिएका नेपाली कामदार यतीबेला विभिन्न ठाउँमा समस्यामा परेको जनाइएको छ । लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले आफ्नै गृह जिल्ला निवासी श्रम तथा सामाजिक मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत नाम भजाएर अबैधधन्दा चलाउदै आएको समेत आरोप लागेको छ ।
काफ्लेले श्रम तथा सामाजिक मन्त्रालय आफ्नो पकटमा रहेको छ भन्दै विभागको टोलीलाई धम्काएको समेत बताइएको छ । सचिव अर्यालको नाम काफ्लेले किन र के–कस्तो विषयमा जोडेर धम्की दिए भन्ने बारेमा पनि अनुसन्धान सुरु गरेको बताइएको छ । नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघका महासचिव समेत रहेका लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले विभागमा अन्य म्यानपावर कम्पनीका उजुरबाजुर र उनीहरुका गुनासो सम्बोधन गर्ने गराउने कार्यमा अग्रसर देखिन्छन् । आवुधावीस्थित फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा कार्यरत ६ नेपाली श्रमिकले त्यहाँ पुगेर काम थालेदेखिकै पारिश्रमिक नपाएको गुनासो सार्वजनिक भएको छ ।