मिति २०७९।०४।२८ गते अन्दाजी १९:४५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० पावरहाउस चोक स्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा नारायणगढबाट पोखरातर्फ आउँदै गरेको माईक्रो बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं.६ बस्ने वर्ष २० को बिशेष भन्ने प्रहलाद लोहार, जिल्ला पर्बत मोदी गा.पा. वडा न.-६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा न.-१० बस्ने वर्ष २६ को सबिन के.सी. र जिल्ला कास्की पोखरा म.न.पा. वडा न.-१४ चाउथे बस्ने वर्ष ३२ को भुषण मिजारलाई लागू औषध डाईजापाम- २०० एम्पुल, फेनेरागन- २०० एम्पुल, नुर्फिन- २०० एम्पुल गरी जम्मा- ६०० एम्पुल सहित फेला परेको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको ।