विराटनगर महानगरपालिकाले डेंगी परीक्षणका लागि अधिकतम ६ सय रुपैयाँसम्म लिन पाइने निर्णय गरेको छ ।
पछिल्लो समय मुलुकभर फैलिरहेको डेंगी संक्रमण पहिचानका लागि परीक्षण शुल्कलाई सुलभ बनाउन र एकरुपता कायम गर्न उक्त निर्णय गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए ।
महानगरभित्र सञ्चालित अधिकांश निजी स्वास्थ्य संस्थाले डेंगी परीक्षणका लागि आफुखुशी शुल्क लिइरहेको गुनासो आएपछि महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर शुल्कमा एकरुपता ल्याउने निर्णय गरिएको हो ।
उनका अनुसार अब निजी स्वास्थ्य संस्थाले डेंगी रोगको शुल्कको दर सार्वजनिक ठाउँमा सर्वसाधारणले देखिनेगरी टाँस्नुपर्छ । साथै, तोकिएको शुल्कभन्दा बढी शुल्क लिएमा नियमानुसार कारबाही गरिने चेतावनी दिइएको छ ।