तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

-


     सुचनाको हक     
     चैत्र १४ गते २०८० मा प्रकाशित


जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाबाट आ.व. २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर प्रमुख गंगा पासमान  तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा निषेधाज्ञाको आदेश जारी हुने र तोकिएको साविक कर्जन्हा गा.वि.स.को कार्यालय रहेको स्थानबाट नगरपालिकाको कार्यालय संचालन गर्नु भनी विपक्षीहरु कर्जन्हा नगरपालिकाको नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाममा उच्च अदालत जनकपुर, राजविराजको परमादेशको आदेश जारी हुने भनी आदेश भएको देखिँदादेखिँदै उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालन नगरी साथै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६(३) मा व्यवस्था रहेको सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आव्हानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराउने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजहरुउपर रु.१,०८,००,०००/- (एक करोड आठ लाख रुपैयाँ) बिगो कायम गरी सोही ऐनले निर्देश गरे अनुसार दफा ३(१)(झ) र ३(१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिइएको छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारलेखापाल प्रविन कुमार महतोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६(३) मा व्यवस्था रहेको सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै र उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालन नगरी प्रशासनिक भवन बनाउनको लागि सम्झौता गर्ने निर्णय गरेको, सोही सम्झौताको आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५२(क) अनुसार निर्माण व्यवसायीलाई खरिद सम्झौतापश्चात पेश्की रकम रु.१,०८,००,०००/- दिई योजनाको निर्माण अवधि तथा Advance Payment Guarantee को म्याद समाप्त भैसक्दा पनि मान्य अवधि थप गर्ने वा बैंक जमानत जफत गर्नेतर्फ पहल नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजहरुउपर रु.१,०८,००,०००/- (एक करोड आठ लाख) बिगो कायम गरी सोही ऐनले निर्देश गरेअनुसार दफा ३(१)(झ) र ३(१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिइएको छ।

निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जे.भी.का आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि Advance Payment Guarantee राखी Mobilization पेश्की भुक्तानी लिई निर्माण कार्य शुरु नगरेको र Advance Payment Guarantee को म्याद समाप्त भैसक्दा पनि म्याद थप नगरेको वा फिर्ता दाखिला नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम कसुर गरेको देखिँदा निजउपर रु.१,०८,००,०००/- (एक करोड आठ लाख रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सरह नै सजाय हुन मागदाबी लिइएको छ।

निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जे.भी.को हकमा कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि Advance Payment Guarantee राखी Mobilization पेश्की भुक्तानी लिई निर्माण कार्य शुरु नगरेको र Advance Payment Guarantee को म्याद समाप्त भैसक्दा पनि म्याद थप नगरेको वा फिर्ता दाखिला नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम कसुर गरेको देखिँदा उक्त जे.भी. फर्मलाई रु.१,०८,००,०००/- (एक करोड आठ लाख रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सरह नै जरिवाना र बिगो असुलउपर हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।

यस्तै

बिराटनगर भन्सार कार्यालयका कार्यालय प्रमुखसमेतले चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र नं.M ७२६ मिति २०७९।०९।२० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्माले बिराटनगर भन्सार कार्यालयमा जाचँपासको लागि Dev International Pvt. Ltd. ले ल्याएको समानको जाचपाँस गर्ने कार्यमा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानूनबमोजिम लिनुपर्ने राजस्व रकम नलिने तथा छोड्ने कोशिस गरेको र भन्सार बिभागबाट नियमित ताकेता तथा निगरानी भएपश्चात system ASYCUDA मार्फत दर्ता भएको प्रज्ञापन पत्र दर्ता नं.M ७२६ को प्रज्ञापनपत्र डिलिट/रद्ध गरेको, भन्सार बिभाग र अर्थ मन्त्रालयबाट लगातार follow up  भएको तथा छानबिन समिति गठन गरेपश्चात प्रतिवादी तारा प्रसाद सापकोटा समेतको उपस्थितिमा मिति २०७९/१०/१० (२०२३/०१/२४) गते नयाँ प्रज्ञापन पत्र M ४०५७ दर्ता गरी गराई मिति २०७९/१०/११(२०२३/०१/२५) मा सुरु घोषणा गरेको रकम USD 73432.46 मा USD 86909 डलर मूल्य थप गरी गराई भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार लाग्ने जम्मा USD 160341.46 राजस्व लाग्ने निर्णय गरी/गराई राजस्व रकम लिई पैठारीकर्ता Dev International Pvt. Ltd. को समान जाँचपास गरेको देखिएकोले प्रचलित कानूनबमोजिम राजश्व निर्धारण गर्दा/वस्तु मुल्याङ्कन गर्दा पेस भएको प्रज्ञापन पत्रको वस्तुको गुणस्तर फरक पारी/पार्न लगाई प्रज्ञापन पत्र नं. M७२६ मा घोषणा भएको मूल्य USD 73432.46 बराबरको मूल्य घोषणा गरी गराएकोमा उक्त USD 73432.46 बराबरको राजस्व रकममा नै भन्सार जाँचपास नभई USD 86909 थप गरी/गराई जम्मा USD 160341.46 रकम राजश्व निर्धारण गरी जाँचपास भएकोले प्रज्ञापनपत्र नं. M७२६ को आधारमा नै मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई रू.८४,५५,६०५।- गैरकानूनी लाभ र नेपाल सरकारको राजश्व चुहावट भई नोक्सान हुने पुष्टि भएकोले निजहरु तारा प्रसाद सापकोटा र नवकुल शर्माले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ७ को देहाय (घ) बमोजिमको कसुरजन्य कार्यको सोही ऐनको दफा २१ बमोजिमको उद्योगको कसुर अपराध भएको हुँदा निजहरु तारा प्रसाद सापकोटा र नवकुल शर्मालाई बिगो रु.८४,५५,६०५/- (चौरासी लाख पचपन्न हजार छ सय पाँच रुपैयाँ) कायम गरी सोही ऐनको दफा 7 र दफा 21 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा 7 बमोजिम चुहावट भएको राजस्वको रकमको दोव्वर जरिवाना हुने सजायलाई आधारमानी सोही ऐनको दफा 21 वमोजिम आधा सजाय हुन मागदाबी लिइएको छ।

      प्रतिवादीहरु तारा प्रसाद सापकोटा र नवकुल शर्मासमेतले मिति २०७९/०९/२० गते (२०२३/०१/०४) मा दर्ता भएको प्रज्ञापन दर्ता नं ७२६ को प्रज्ञापनपत्र भंसार बिभागबाट जानकारी गराउँदा गराउँदै कानूनबिपरीत रु.८४,५५,६०५/- राजस्व रकम नोक्सान गर्ने गराउने बदनियत राखी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १२ बमोजिम सरकारी कागजात नष्ट/नोक्सान गर्ने गराउने कसुरजन्य कार्य गरे गराएको पुष्टि भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना गरी पाउन तथा भन्सार कार्यालय बिराटनगरमा मिति २०७९/०९/२६ गते सरन कुमार खरेलले मालवस्तु यार्डमा नआएकोले सम्बन्धित पैठारीकर्तासँग बुझ्दा उक्त मालवस्तु चाईनाबाट हालसम्म चलान नभएकोले प्रज्ञापन पत्र M ७२६  रद्ध गरी पाउँ भनी दिएको निवेदन र सो निवेदनउपर कारवाही हुँदा भन्सार गोदाममा उक्त मालवस्तुको अवस्था चेकजाँच गर्दा निवेदनमा उल्लेख भएअनुसार मालवस्तु नभेटिएको हुँदा निवेदन अनुसार हुन भनी भन्सार अधिकृत नवकुल शर्माले दिएको निवेदनमा नै लिखित प्रतिवेदन दिएको र सो निवेदनमा कार्यालय प्रमुख तारा प्रसाद सापकोटाले सदर गरेको देखिएकोवाट निजहरु तारा प्रसाद सापकोटा र नवकुल शर्माले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को दफा (2) बमोजिमको समेत कसुर गरेको पुष्टि भएको हुँदा निजहरुलाई सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।

Dev International Pvt. Ltd., सोको संचालक शेरवहादुर वस्नेत र भंसार एजेण्टको प्रतिनिधि सरन कुमार खरेलसमेतकोसंलग्नतामा बिराटनगर भन्सार कार्यालयमा जाचँपासको लागि देव इन्टरनेशनल प्रा.लि.ले ल्याएको सामानको जाँचपास गर्ने कार्यमा प्रचलित कानून बमोजिम राजश्व निर्धारण गर्दा/वस्तु मुल्याङ्कन गर्दा पेस भएको प्रज्ञापन पत्रको वस्तुको गुणस्तर फरक पारी/पार्न लगाई प्रज्ञापन पत्र नं. M726 मा घोषणा भएको मूल्य USD 73432.46 बराबरको मूल्य घोषणा गरी गराएकोमा भन्सार विभागको उपस्थित, अर्थ मन्त्रालयको छानविन समितिसमेत उपस्थितिको कारणले गर्दा उक्त USD 73432.46 बराबरको राजस्व रकममा नै भन्सार जाँचपास नभई थप USD 86909 थप गरी गराई जम्मा USD 160341.46 रकम राजश्व निर्धारण गरी जाँचपास भएको पुष्टि भएकोवाट प्रज्ञापनपत्र नं.M726 को आधारमा नै मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई रु.८४,५५,६०५।- गैरकानूनी लाभ र नेपाल सरकारको राजश्व चुहावट एवं नोक्सान भएकोले निजहरु Dev International Pvt. Ltd.  तथा सोको संचालक शेरवहादुर वस्नेत र सरन कुमार खरेलले गरेको उक्त कार्य मुख्य प्रतिवादीहरु तारा प्रसाद सापकोटा र नवकुल शर्माले गरेको कसुर भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ७ को देहाय (घ) बमोजिमको कसुरजन्य कार्यको सोही ऐनको दफा २१ बमोजिमको उद्योगको कसुरको मतियार भई सोही ऐनको दफा 22 बमोजिम रकम लिने खाने उद्देश्यले कसुर अपराध गरेको हुँदा निजहरु Dev International Pvt. Ltd.  तथा सोको संचालक शेरवहादुर वस्नेत र भंसार एजेण्टको प्रतिनिधि सरन कुमार खरेललाई बिगो रु.८४,५५,६०५/- (चौरासी लाख पचपन्न हजार छ सय पाँच रुपैयाँ) कायम गरी सोही ऐनको दफा 7, दफा 21 र दफा 22 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा 7 बमोजिम चुहावट भएको राजस्व रकमको दोव्वर जरिवाना हुने सजायको आधा सजायलाई आधार मानी सोही ऐनको दफा 22 बमोजिम मूख्य प्रतिवादीहरु तारा प्रसाद सापकोटा र नवकुल शर्मालाई हुने सजाय बरावर सजाय हुन मागदावी लिइएको छ।

साथै, Dev International Pvt. Ltd.  तथा सोको संचालक शेरवहादुर वस्नेत र भसार एजेण्टको प्रतिनिधि सरन कुमार खरेलले मुख्य प्रतिवादीहरु तारा प्रसाद सापकोटा र नवकुल शर्माले गरेको भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 12 र दफा 19(2) को समेत मतियार भई कार्य कसुर गरेको पुष्टी भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 12 र दफा 19(2) बमोजिम हुने सजायमा सोही ऐनको दफा 22 बमोजिम मुख्य प्रतिवादीहरुलाई हुने सजाय बरावर सजाय गरी पाउनसमेतको मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।

अस्ति भर्खर

जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका वडा नं. ९ गोइयाहीमा संचालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आ.व. २०७५/०७६ मा कृषि सेड निर्माणको लागि रकम उपलब्ध गराएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादवलेकृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्‍कन गराई आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेश गरेको नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी/नगराई सोही प्रतिवेदन स्वीकृत गरी श्री आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडलाई रू.९,७७,०१६।९४ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूर गरी प्रदेश सरकारलाई हानी र आम्रपाली बहुमुखी सहकारी संस्था लि.लाई गैरकानूनी लाभ पुर्‍याएको देखिँदा निजलाई रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैयाँ चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना तथा कैद गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीले कृषि सेड निर्माण कार्य गर्नको लागि दोस्रो पक्षसँग भएको सम्झौतामा संलग्न रहेको, भुक्तानीको लागि आम्रपाली बहुमुखी सहकारी संस्थाले पेश गरेको लगत इस्टिमेट बमोजिमको नगरेको कामलाई गरेको भनी रु.९,७७,०१६।९४ बढी भुक्तानीको लागि सिफारिस गरी सो आधारमा भुक्तानीसमेत भएबाट निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरी प्रदेश सरकारलाई हानी र आम्रपाली बहुमुखी सहकारी संस्थालाई गैकानूनी लाभ पुर्‍याएको देखिँदा निजलाई रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैयाँ चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना तथा कैद गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका वडा नं. 9 का तत्कालीन वडा अध्यक्ष श्री राम ईश्वर ठाकुर लोहारले कम परिमाणको कार्यलाई लगत इस्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी भुक्तानीको लागि सिफारिस गरी रु.९,७७,०१६।९४ भुक्तानी भएको हुँदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा निजलाई रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैया चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको जरिवाना तथा कैद गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादवले पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को दफा (८)४ को पूर्ण पालना नगरी निजहरुले गलत प्रतिवेदनको आधारमा सम्झौताबमोजिम कृषि निर्माण कार्य सम्पन्न भैसकेको र सम्झौताबमोजिमको रकम भुक्तानीको लागि माग गर्ने भनी निर्णय गरेको, लगत इष्टिमेट बमोजिम नगरेको कामलाई गरेको भनी झुट्टा कार्य सम्पन्न प्रतिवेदन तयार गरी फिल्डमा वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी गराई सम्झौता विपरीत कार्य सम्पन्न भएको भनी रकम भुक्तानीको लागि निवेदन पेश गरी रु.९,७७,०१६।९४ भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर जनही रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैया चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको थियो