तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

-


     सुचनाको हक     
     वैशाख १४ गते २०७९ मा प्रकाशित


तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन महेन्द्रनगर नगर विकास समितिका निम्नबमोजिमका पदाधिकारीहरु तथा कर्मचारीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा समितिमा कार्यरत कर्मचारीहरुलाई समितिले जग्गा बितरण गरेका अवस्थामा सहानुभूतिपूर्वक प्राथमिकता दिने भन्ने समितिको मिति २०६४/०७/३० को निर्णयलाई तोडमरोड/अपव्याख्या गरी मिति २०६४/०९/०६ को तत्कालीन नगर विकास समितिका अध्यक्ष कान्तुराम पनेरुको एकल तोक आदेशबाट समितिमा कार्यरत कर्मचारीहरुलाई गैरकानुनी रुपमा जग्गाको हक हस्तान्तरण गरेको देखिएकाले सो कार्यमा संलग्न निम्नबमोजिमका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालय, कञ्चनपुरका कर्मचारीहरुको हकमा देहायबमोजिमको कसुरमा देहायबमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

Akhatiyar-2