तोकेको भन्दा कम दररेट राखी नदिजन्य पदार्थमा भ्रष्टाचार

-


     सुचनाको हक     
     भाद्र १९ गते २०७९ मा प्रकाशित


जिल्ला बागलुङ, बागलुङ नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्दा कम कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बागलुङ जिल्ला, बागलुङ नगरपालिकाले  ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर सोही आधारमा राजस्व सङ्कलन गरी नेपाल सरकारलाई रु.१७,४०,०६६।- हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत,  काठमाडौँमा आरोपपत्र दायर भएको छ ।