दम्पती नै हनी ट्रयापिङको अभियोगमा पक्राउ

-


     सुचनाको हक     
     श्रावण १४ गते २०७९ मा प्रकाशित


Modern metal handcuffs. Vector illustration in flat style

अहिलेको सामाजिक संजालको युगमा विभिन्न माध्यम बाट ठगिको काम भएको समाचार धेरै आउछl त्यस्तै अहिले हनी ट्रापको बढी प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजजान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए ।

‘रोजिना राउतको श्रीमानले आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेका थिए’ कोइरालाले भने । प्रहरीले यसअघि पनि नक्कली प्रहरी निरीक्षक बनेर हनी ट्यापिङमा पार्ने गिरोहलाई २ साउनमा समातेको थियो ।