दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित भइसकेकाे छ ।

-


     सुचनाको हक     
     माघ १६ गते २०७८ मा प्रकाशित


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट दश पृष्ठको सूचना प्राप्त गर्दा तिराइएको रकम फिर्ता गरिएपछि दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित भएको मानिएकाे हाे ।

सूचनाको हकसम्बन्धी नियमावली २०६५ को दफा ४ को उपदफा (२) बमोजिम सार्वजनिक निकायहरुले नागरिकलाई दश पृष्ठको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि यसअघि यस्तो ‘प्राक्टिस’ ७ वर्षसम्म अन्य सार्वजनिक निकायले खासै गरेका थिएनन् ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ८ बमोजिम धनकुटा कुरुले तेनुपाका नोदनाथ त्रितालले २०७१ माघ २२ गते गरेको उजुरीमाथि निर्णय गर्दै  राष्ट्रिय सूचना आयोगले निःशुल्क पाउनुपर्ने दश पृष्ठको सूचनावापतको रु ५० निवेदकलाई फिर्ता गर्न आदेश गरेको थियो ।

निवेदकले आयोगमा विपक्षी कार्यालयले निःशुल्क उपलब्ध गराउनुपर्ने दश पृष्ठको सूचनाको दस्तुर लिएकामा छुट गर्न आग्रह गर्दा नदिएको जिकिर गरेका थिए । पटक पटकको प्रयासपछि आयोगको आदेश भएको करिब चार महिनापछि मन्त्रालयले आदेश कार्यान्वयन गरेको निवेदक त्रितालले जानकारी दिए ।

आयोगले गरेको निर्णयमा ‘नियमावली बमोजिमको पाना १० को पाउनुपर्ने छुट रकम रु पचास उजुरीकर्तालाई फिर्ता गराई यस आयोगलाई जानकारी गर्न हुन’ भनी निर्देशन दिइएको थियो । ।

सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना मागकर्तालाई १० पानासम्मको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । साे भन्दा माथीकाे पानामा लागत अनुसार मुल्य लिन पाइन्छ । लागतमा पानाकाे साइज हेरेर प्रती पाना रू १० र रू पाँच भन्दा वढी लिनु परेमा छुट्टै कानुनी व्यवस्था भएकाे प्रमाण पेश गर्नु्पर्ने हुन्छ