जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीमा वीरेन्द्र महतोलाई पठाएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ । मन्त्रीको दौडमा भएका सांसदलाई उछिनेर महतो कसरी मन्त्री हुन पुगे भन्ने मात्र चासो रहेको छैन, अध्यक्ष उपेन्द्र यादव आफै किन मन्त्री बन्न गएनन ? भन्ने प्रश्न पनि उठेको छ । मन्त्रीका लागि प्रदीप यादव र राजकिशोर यादवमध्ये को जाने ? भन्ने लडाइँ थियो । राजकिशोर यादव वन मन्त्री बन्ने लगभग टुंगाेमा पुगेकाे थियाे ।
उपेन्द्र यादवलाई पार्टी चलाउन राजकिशाेर यादव, प्रदीप यादव र अशोक राईले भन्दा पनि वीरेन्द्र महताेले कमाएर दिनसक्छन् भन्ने उपेन्द्र यादवको ठहरपछि अन्तिममा अरू नेतालाई पाखा पार्दै वीरेन्द्र महताेलाई मन्त्री बनाएको पनि चर्चा भइरहेको छ । यस घटनाले जसपाभित्र निकै ठुलाे विद्राेह निम्ति चर्चा पनि हुन थालेकाे छ ।
तर पनि काे मन्त्री बन्न कसले २ कराेड रकम जम्मा गर्ने भन्ने कुरा चाहिं भित्रभित्रै चलिरहेकै थियाे । यस्ताे हानथाप र लडाइँको बिचमा तेस्रो व्यक्ति आउने परिस्थिति बन्यो । हुनलाई अध्यक्ष यादव आफै सरकारमा जाने चर्चा पनि थियो । वरिष्ठ नेता अशोक राई आफै सरकारमा भएका कारण उनी सरकारमा जाने संभावना भने थिएन ।
त्यसैकारण प्रदीप यादव र राजकिशोर यादवको धेरै चर्चा मात्र भयो । राजकिशाेर र प्रदीप यादव जसरी पनि मन्त्री बन्ने दौडमा लागेका थिए । कतिसम्म भने प्रदीप यादव चाहिं पार्टी फुटाएर भए पनि मन्त्री हुन जान्छन् भन्नेसम्मको चर्चा चलाईयो । उनी लामाे समयदेखि उपेन्द्र यादवसँग असन्तुष्ट भएर पनि साथमै रहने नेता हुन ।
प्रदीप यादव यसअघि वन तथा वातावारण मन्त्री हुँदा पनि त्यस्तै भएको थियो । असन्तुष्ट भएकै कारण प्रदीपलाई उपेन्द्रले मन्त्री बनाएका थिए । अहिले सत्ता गठबन्धनको निकटमा रहेका काम गरेको र उपेन्द्र यादवलाई बारामा जिताउन भूमिका खेलका कारण पनि उपेन्द्र यादवले उनलाई मन्त्री बनाउने संभावना रहेको चर्चा थियो ।
तर, उनलाई उछिनेर मन्त्री, सांसदका लागि ५/१० कराेड फाल्दिन सक्ने धनाढ्य व्यवसायी, बैंकर उपेन्द्र महताेका भाइ वीरेन्द्र महतोलाई मन्त्री बनाईयो । उपेन्द्र यादवकाे निर्वाचन खर्च सबै(रू. २ कराेड)काे जिम्मा उपेन्द्र महताेले लिने सहमति भएपछि २ कराेडकाे व्यवस्था गर्न नसक्ने राजकिशाेर यादव र प्रदीप यादव मन्त्री बन्नबाट बञ्चित भएकाे चर्चा अहिले जसपाका नेताहरू बिच व्यापक रूपमा उठेकाे स्राेत बताउछ ।
दुई उपेन्द्रको मिलेमतोमा वीरेन्द्र महतो मन्त्री बन्न सफल भएकाे स्राेतकाे दावी छ । अब पार्टीका लागि थप पैसा जम्मा गरिदिन सक्ने मन्त्री पनि हुनेछन् वीरेन्द्र महताे । उपेन्द्र यादवलाई पार्टी चलाउन राजकिशाेर यादव, प्रदीप यादव र अशोक राईले भन्दा पनि वीरेन्द्र महताेले कमाएर दिनसक्छन् भन्ने उपेन्द्र यादवको ठहरपछि अन्तिममा अरू नेतालाई पाखा पार्दै वीरेन्द्र महताेलाई मन्त्री बनाएको पनि चर्चा भइरहेको छ । यस घटनाले जसपाभित्र निकै ठुलाे विद्राेह निम्ति चर्चा पनि हुन थालेकाे छ ।
त्यसबाहेक यादवहरुले मात्रै अवसर पाएको भन्दै मधेशमा उपेन्द्रमाथि यादववादको आरोप लागेको थियो । त्यो चिर्नका लागि पनि उपेन्द्रले अहिले फरक जातको मन्त्री बनाउनुपर्ने बाध्यता थियो ।
उता राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी भने अघिल्लो चोटी उपराष्ट्रपतिको दावेदारीमा थिइन् । उनको नाम झिकेर रामसहाय यादवको नाम उपराष्ट्रपतिमा कायम राखियो । त्यसको क्षतिपूर्तिका लागि पनि प्रमिलाकुमारीलाई राज्यमन्त्री बनाएको जसपाका नेताहरु बताउँछन् ।