प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बसेको समिति बैठकले थारु समूदायको धर्म परिवर्तन गर्ने उद्देश्यले धर्मको प्रचार गरेको, धार्मिक रुपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपी संहिताकृत गर्ने नाममा थारु वस्तीमा गलत नियमले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा संवेदनशील भई कार्य सम्पादन गर्न र तत्काल अनुसन्धान सुरु गर्न थारु आयोगलाई निर्देशन दिएको हो ।
बैठकले थारु समूदायको संरक्षण, सम्वर्द्धन, उत्थानका लागि कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनि आयोगलाई भनेको छ ।